बाढी पहिरोमा परि ७८ को निधन, ५१ बेपत्ता (फोटो सहित)

बाढी पहिरोमा परि ७८ को निधन, ५१ बेपत्ता (फोटो सहित)


३५ हजार घर डुवानमा

तीन दिनदेखि अविरल रुपमा परेको पानीका कारण विभिन्न जिल्लामा गएको बाढी र पहिरोमा परि ७८ जनाको निधन भएको छ । बाढी र पहिरोमा परेर ५१ जना बेपत्ता भएका छन् । त्यसैगरी ३४ हजार घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ । रौतहटमा ७ जनाको मृत्यु भएको छ त्यसैगरी, झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ ।

यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले १९ हजार घरपरिवार विस्थापित भएको जनाएको छ । बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै राहत, उद्धारका लागि प्रभावकारी काम नभएकाले तत्काल त्यसमा जुट्न आह्वान गरेको छ ।