जीवा लामिछाने अध्यक्षमा निर्विरोध निर्वाचित

जीवा लामिछाने अध्यक्षमा निर्विरोध निर्वाचित


काठमाडौँ । गैरआवासीय नेपाली संघको अध्यक्षमा आगामी दुई वर्षे कार्यकालका लागि जीवा लामछिने निर्विरोध निर्वाचित भएकबाछन।अध्यक्षमा पुनः उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष देवमान हिराचनलने निर्वाचनको मतदान शुरु हुनु केहीबेरअघि उम्मेदवारी फिर्ता लिएपछि लामिछाने सर्वसम्मत अध्यक्ष चुनिएकाहुन् । एनआरएन संस्थापक एवं संरक्षक उपेन्द्र महतो र पदाधिकारीबीच दुवै उम्मेदवारको रोहबरमा भएको बैठकले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि हिराचन पछि हटेकाहुन्।

दोहोरो नागरिकता र एनआरएनले विदेशमा रहँदा आम्दानी गरेको रकम सामूहिक लगानीका लागि नेपाल भित्र्याउने विषयलाई लामिछानेले आफ्नो चुनावी एजेण्डा बताएकाथिए। लामिछाने रुसमा उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन् । एनआरएन स्थापना भएको सन् २००३ देखि लगातार सक्रिय रहँदै आएका लामिछाने यसअघि एनआरएन उपाध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षसमेत थिए।

यसअघि पनि सर्वसम्मतिबाटै चार कार्यकालका लागि एनआरएन नेतृत्व चयन हुँदै आएको थियो । उपाध्यक्ष सहितका पदका लागि पाचौँ विश्व सम्मेलनको तेस्रो तथा अन्तिम दिन राजधानीको सोल्टी होटलमा मतदान भइरहेको छ । एनआरएनको कूल २० पदका लागि ३४ जनाको उम्मेदवारी परेकोमा अध्यक्षसहित ६ पदमा निर्विरोध भइसकेको छ भने २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । संस्थापक अध्यक्ष तथा हाल संरक्षक रहेका उपेन्द्र महतोको प्रधाव समस्त संस्थामा अत्यधिक रहेको बताएको छ भने, एक प्रकारले नेपाली राजनीतिलाई गतिलो पाठ दिन सक्षमको गैरआवासीय राजनीति रहेको सन्दर्भ सर्वत्र चर्चा चल्दै गएको छ ।-देब, काठमाण्डौं, मेस