करीना बन्दैछिन् मधुवाला

करीना बन्दैछिन् मधुवाला


वलिउडमा आजकल ‘बायोपिक’को लहर चलेको छ । कुनै व्यक्तिविशेषमाथि आधारित रहेर फिल्म निर्माण गर्ने कार्य नै बायोपिक हो । महेन्द्रसिंह धोनी, गीता फोगाटपछि साइना नेहवालमाथि पनि फिल्म बन्दैछ भने यस सूचीमा विख्यात अभिनेत्री मधुवालाको नाम पनि थपिँदै छ । मधुवालाको नाममा फिल्म बनाउने आधिकारिक घोषणा भइसकेको छैन, तथापि उनकी कान्छी बहिनी मधुर ब्रिज आफ्नी दिदीको जीवनीमा आधारित सिनेमा बनाउन तम्तयार बनेकी छिन् । मधुवालामाथि बन्ने फिल्मको हिरोइन करीना कपुरलाई बनाउने मधुरको तीव्र चाहना रहेको वलिउडमा यतिबेला चर्चा छ ।

करीना मधुवालाजस्तै चञ्चल, हँसिमजाक गरिरहनुपर्ने स्वभावकी हुनाले आफूले करीनालाई मूख्य भूमिकाको लागि रोजेको मधुरको तर्क छ । सुरुमा माधुरी दीक्षितलाई मधुवाला बनाउने चाहना उब्जेको भए पनि पछि करीना नै फिट हुने भन्दै करीना आफूलाई अत्यन्त सुन्दरी लाग्ने खुलासा समेत उनले गरेकी छिन् । करिना भने यतिबेला श्रीमान सैफ अलीका साथ स्विट्जरल्याण्डमा बिदा मनाइरहेकी छिन् । यदि बिदा मनाएर फर्केपछि उनले मधुरको प्रस्ताव स्वीकार गरिन् भने करीनाको लिस्टमा अर्को उक दमदार या ऐतिहासिक फिल्म थपिने विश्वास गरिउको छ । यसअघि उनले अभिनय ‘चमेली’ फिल्ममा निर्वाह गरेको बेश्याको भूमिका, ‘की एण्ड का’मा स्वतन्त्र कामदार महिलाको भूमिकामा अभिनय गरेर प्रख्याति कमाएकी छिन् ।