राष्ट्रिय गौरवको आयोजना सेनालाई हस्तान्तरण

राष्ट्रिय गौरवको आयोजना सेनालाई हस्तान्तरण


नेपाली सेनाको व्यवस्थापनमा निर्माण सम्पन्न गर्न मन्त्रिपरिषद्ले गत वैशाख २१ गते गरेको निर्णयअनुसार काठमाडौं–तराई द्रुतमार्ग आयोजना नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । आज जंगी अड्डामा आयोजित एक कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाण र सडक विभागमातहत तत्कालीन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भई उक्त सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।

आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्पmबाट आयोजनामा खटिएका उच्चपदस्थ अधिकृतहरूको उपस्थिति रहेको थियो ।