चुडामणि थुनामुक्त !

चुडामणि थुनामुक्त !


सुनुवाई जारी रहने गरी आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा थुनामुक्त भएका छन् । गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकोमा शुक्रबार फैसला सुनाउँदै सर्वोच्च अदालतले थुनामुक्त गर्न अन्तरिम आदेश दिएको हो ।

कर फर्छ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।आयोगले शर्मासहित कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालतमा अर्बौंको मुद्दा दायर गरेको थियो ।