क्वीक्स ग्रीनल्यान्ड कप बास्केटबल प्रतियोगिता सुरु

क्वीक्स ग्रीनल्यान्ड कप बास्केटबल प्रतियोगिता सुरु


ग्रिनल्यान्ड माध्यमिक विद्यालयको आयोजनामा १२औं क्वीक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ । धापासीस्थित विद्यालयको कोर्टमा हुने प्रतियोगितामा जुनियर छात्र र सिनियर छात्रमा ४० विद्यालयको सहभागिता रहेको छ ।

जुनियर छात्रतर्फ २४ विद्यालयको सहभागिता रहेको यस प्रतियोगितामा सहभागी खेलाडीको औषत उचाई ४ फिट १० इन्चभन्दा बढी हुनु नहुने र कक्षा आठसम्ममा अध्ययन गरिरहेको हुनुपर्ने विद्यालयका प्रधानाध्यापक थकिनकुमार गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए । स्पर्धामा सहभागी विद्यालयलाई आठ समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने पहिलो चरणको खेलबाट १६ विद्यालय नकआउट चरणका लागि छनोट हुनेछन् ।

त्यस्तै सिनियर छात्रमा १६ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । यस स्पर्धामा सहभागी विद्यालयलाई पनि चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् । सिनियर छात्रमा पनि कक्षा नौसम्मका विद्यार्थीले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । आगामी भदौ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले नवप्रतिभावान खेलाडी जन्माउने विश्वास गरिएको छ ।