आयल निगमले पेट्रोलियम क्षतिपूर्ति सीमा बढाउने

आयल निगमले पेट्रोलियम क्षतिपूर्ति सीमा बढाउने


नेपाल पेट्रोलियम डिलर्स एसोसियसनले आज (शुक्रबार) देखि सुरु गरेको तेल बिक्री रोकेर आन्दोलनमा उत्रिएका व्यवसायीको मागलाई नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षतिको क्षतिपूर्ति बढाउने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगमले जानकारी दिएको छ । सञ्चालक समितिको बैठकले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पु¥याइएको छ ।

पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि हुने प्राविधिक क्षति हुने दावी गर्दै सोअनुसार क्षतिपूर्ति पाउनुपर्ने मागसहित व्यवसायी आन्दोलनमा उत्रेका छन् । डिजेलमा यस्तो क्षतिपूर्ति ४० लिटरभन्दा माथि पाउनुपर्ने माग व्यवसायीको रहेकोछ । क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले निगमसँग पेट्रोल–डिजेल किन्न छाडेका थिए । निगमले गरेको सो बोर्ड बैठकमा भएको निर्णयलाई भने गोप्य राखिएको छ ।