सत्तारुढ दल र राजपाबीच सहमति

सत्तारुढ दल र राजपाबीच सहमति


प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच संविधान संशोधन प्रस्ताव संसदमा निणयार्थ अघि बढाउने सहमति भएको छ। सत्तारुढ दलहरु र राजपाबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संशोधन प्रस्तावलाई मतदानमा लैजान सहमति भएको हो।

यससँगै राजपा प्रदेश २ मा आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय चुनावमा सहभागी हुने भएको छ। यसअघि राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको थियो। सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको सहमतिअनुसार आगामी साता संशोधन विधेयकमाथि संसदमा मतदान हुने बताइएको छ।