बेरोजगार युवा भेला हुने मेला !

बेरोजगार युवा भेला हुने मेला !


भोली शुक्रबार र पर्सी शनिबार दुई दिन राजधानीमा गजबको मेला आयोजना हुँदैछ । ‘जव एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) नाम दिइएको यस मेलामा कुनै पनि युवाले फेयर आयोजक कम्पनीमा रोजगारका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर जागिर उपलब्ध गराउने छन् । भएन त गज्जबको मेला ?

बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले दुई दिनसम्म चलाइने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउने फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिएका छन् । एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न थालेको उनले बताए ।’बेरोजगार युवा रोजगारीका लागि कतै भौँतारिन नपरोस् भन्नका लागि हामीले एउटै छानामुनि कम्पनीलाई आवश्यक कर्मचारी उपलब्ध गराउने भएका हौँ’, भट्टराईले भने ।

प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हुने फेयरमा नेपालका १८ र भारतका दुई कम्पनीले सिधै रोजगारको अवसर दिनेछन् । ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति फेयरबाट नै छनोट गर्ने बताइएको छ । जानकारी दिइएअनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् भने फेयरमा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउनेछन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्नेछन् । फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

(सांकेतिक तस्बिर गुगलबाट)