एक साता भित्र चुनावको मिति घोषणा हुन्छ : दाहाल

एक साता भित्र चुनावको मिति घोषणा हुन्छ : दाहाल


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक साता भित्रै प्रदेश र केन्दीय चुनावको मिति घोषणा हुने बताएका छन् । निर्वाचन आयोगले चुनावको मिति तोक्न सरकारलाई ताकेता गरिरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनको मिति साता दिनमै तोकिने बताएका हुन् ।

मंसिरको दोस्रो सातासम्ममा दुबै चुनाव एकैपटक गर्ने गरी मिति घोषणा हुने उनले दावी गरे । ‘राजनीतिक दलहरुसंग मितिबारे करिव सहमति भइसकेको छ, प्रमुख सत्तारुढ दल माओवादीका अध्यक्ष प्रचण्डले भने ‘निर्वाचन आयोगलाई केहि प्राविधिक कठिनाई मात्रै हो, त्यो समस्याको हल निस्किहाल्छ।’ एकैपटक चुनाव गर्दा संवैधानिक व्यवधान नआउने प्रचण्डले बताए ।

बुटवलमा आयोजिक प्रदेश नम्बर ५ स्तरीय प्रशिक्षणमा सहभागि हुन आएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसं कुराकानी गर्दै दुई चुनाव एकैदिन गर्नका लागि तीन वटा विकल्प समेत सुझाए । पहिलो केन्द्र र प्रदेशको समानुपातिक मतपत्र एउटै बनाउन सकिने उल्लेख गर्दै उनले भने, ‘निर्विवाद विकल्प हो, दलहरु यसमा नजिक नै छन् ।’

‘प्रदेश नम्बर २ को चुनावमा नगए राजपाको अस्तित्व नै सकिन्छ, उनले भने–‘मलाई विश्वास छ, उहाँहरुले आत्मघाती निर्णय गर्नुहुने छै ।’ उनले संविधान संशोधन प्रस्ताव पनि छिट्टै निर्णयार्थ पेश हुने बताए । त्यसका लागि सत्तापक्ष दलहरु निर्णयमा पुगिसकेको उनको भनाई थियो ।

‘समानुपातिकको मत प्रत्यक्षको आधारमा निर्धारण भए दुई वटै बाकस मात्रैमा मत खसाले पुग्छ।’ धेरै मतदाता भएको क्षेत्रमा बुथ संख्या बढाएर चुनाव गर्न सकिने उनले तेस्रो विकल्प बताए । फरक प्रसंगमा नेता दाहालले स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा सहभागि नभए उसको राजनीति सकिने चेतावनी दिए ।