यादवले गरे गच्छदारलाई बाई-बाई

यादवले गरे गच्छदारलाई बाई-बाई


लामो समयदेखि असन्तुष्ट रहेका नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष रामेश्वर राय यादवले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएका छन् ।

उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको  फोरमका सह अध्यक्ष यादवले पार्टी सत्तामुखी मात्र भएको र पार्टी स्थापनाकालमा लिएका उद्देशयहरु सबै बिर्सिएको भन्दै राजीनामा दिएका हुन् ।

मूल रुपमा ‘पार्टीमा सामुहिक नेतृत्वको कुनै परम्परा नै देखिएन कति सहनु ? आजित भइसकेँ खाली नामका लागि मात्र कसरी राजनीति गर्नुु ? यादवले भने, ‘पार्टीमा के भइरहेको छ, त्यो अध्यक्षलाई मात्र थाहा हुन्छ, त्यसो भएपछि हामी सहअध्यक्षहरुको के काम भन्दै मैले राजीनामा दिएको छु ।’

पार्टी एक्लौटी ढंगले चलाएको भन्दै यादव लामो समयदेखि असन्तुष्ट रहँदै आएको थिए । उनले यसबारेमा पटक-पटक पार्टी बैठकमा कुरा राखे पनि त्यसको उचित सुनवाई नभएको भन्दै पार्टीबाट राजीनामा दिएको बताए । उनले अब आफू पार्टीको साधारण सदस्यको रुपमा मात्र रहने पनि जानकारी दिए ।