प्रदेश नम्बर-२ कब्जा गर्न कांग्रेस तात्यो

प्रदेश नम्बर-२ कब्जा गर्न कांग्रेस तात्यो


आगामी असोज २ गतेका लागि तय भएको प्रदेश नम्बर २ को निर्वाचनबारे चुनावी रणनीति बारे छलफल गर्न कांग्रेस जुटेको छ ।

पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरु चुनावी रणनीति बनाउन जुटेका हुन ।

प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे समसामयिक राजनीतिक विषयमा छलफल भैइरहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

साथै निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने तथा अन्य विषयमा कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताइएको छ ।

बैठकमा यसअघिका चुनावमा अन्तरघात गर्नेलाई अझै पनि कारबाही हुन नसकेको भन्दै आवाज उठेको जनाइएको छ ।

कांग्रेसमा अन्तरघात गर्नेहरुलाई कारबाही हुनुपर्ने र टिकट वितरणलाई व्यवस्थित गर्नुपर्ने आवाज उठिरहेको बेला यो बैठकले कस्तो खालको निर्णय गर्छ, महत्वका साथ हेरिएको छ ।