घरेलु महासंघको आडमा नक्कली मदिराको व्यापार

घरेलु महासंघको आडमा नक्कली मदिराको व्यापार


काठमाडौं । साना तथा मझौला उद्योगको समग्र विकास गर्दै बजारीकरण समेत गर्नमा सहयोग पु¥याउने उदेश्यका साथ स्थापना भएको नेपाल घरेलु तथा साना उद्योग महासंघको आडमा केही व्यवसायीले नक्कली धन्धा चलाएका छन् । प्रत्यक्ष जनस्वास्थ्यमा असर पर्ने गरि रातारात धनी हुने उदेश्यका साथ नेपाली बजारमा जडिबुटीबाट नेपालमै उत्पादन गरेको नारा दिएर गुणस्तहिन ‘तागेरा’ नामको वाईन विना परिक्षण बिक्री वितरण गरिदै आएको छ । ‘पामा फुड्स एण्ड बेभरेज टेक्नोलोजी प्रालि’ नामक उद्योगबाट उत्पादन गरिएको भन्दै सो कम्पनीका मालिक रुद्र गिरीलगायतले सो वाइन बिक्री गर्र्दै आएका छन् ।

गत ३ वर्ष अघि सोझा किसानलाई विभिन्न प्रलोभन देखाउदै एलोभेरा (ध्यूकुमारी) को विरुवा बेचेर एकाएक फरार भएका गिरीले खुला रुपमा सो वाईनको उत्पादन गरेको महासंघकै एक सदस्यले बताएका छन् । किसानलाई विभिन्न लोभ देखाउदै ध्युकुमारीको विरुवा बेचेर फसल संकलन गर्नेबेला भागेपछि चितवनका किसानको उजुरीमा पक्राउ परेका गिरी ३ वर्ष पछि पुनः नेपाली उत्पादनको नाममा सो वाईन सहित सार्वजनिक भएका व्यक्ती हुन् । गुणस्तहिन मदिरा बजारबाट संकलन गरेर ‘तागेरा वाईन’ को स्टिकर टाँसी बिक्री वितरण गर्दै आएका छन् । सो मदिरामा ध्यूकुमारी, स्टेभिया, याकुन (भुँईस्याउ) र अन्य जडिबुटीको प्रयोगबाट उत्पादन गरेको भन्दै प्रचार गरेपनि सो मदिरामा जडिबुटीको फ्लेवर मात्र रहेको वाईन पिउनेहरुको अनुभब रहेको छ । यस सम्बन्धमा सो कम्पनीका सञ्चालक गिरीसंग पटक÷पटक सम्र्पकगर्दा समेत उनको मोबाईल नम्बरमा सम्र्पकनै हुन सकेन । गिरी महासंघको कार्य समिति सदस्य समेत रहेका छन् ।

गिरीले ११ करोड ठगेको आरोप

तत्कालिन समयमा एलोभेरा (घ्यूकुमारी) र स्टेभियालगायतको व्यावसायिक खेतीका नाममा किसानबाट करौडौ रूपैयाँ उठाएका गिरीले देशभरिका ५६ जिल्लाबाट ४ सय ५० किसानलाई ठगी गरेको आरोपमा पक्राउ समेत भई कारबाही भोगेका व्यक्ती हुन । उनीविरुद्ध ठगी मुद्दा दर्ता गरिएसंगै चितवन प्रहरी कार्यालयले पक्राउ गरि मुद्दा प्रमाणित भएपछि जेल चलान समेत गरेको थियो । पार्म एग्रोटेक नामक कम्पनी ०६४ सालमा स्थापना गरी गिरीले किसानलाई ठग्न सुरु गरेका थिए । उनले किसानलाई एक वर्षमै लगानीको दोब्बर आम्दानी गर्न सकिने भन्दै एलोभेरा र स्टेभियाको खेती गर्न उक्साएका थिए । उनको कम्पनी पार्म एग्रोटेकले किसानहरूलाई प्रति बिरुवा ४० रूपैयाँका दरले बिरुवा बिक्री गर्दै आएका थिए ।

भारतबाट तत्काल दुई रूपैयाँमा बिरुवा ल्याउने गरेको किसानहरूको भनाइ रहेको थियो । तर गिरीले एक किसानले ६ हजारभन्दा कम बिरुवा किन्न नपाउने नियम बनाएर आफ्नो ठगीधन्धा चलाएका थिए । त्यसैगरी, एक हेक्टर जमिनमा एलोभेरा खेती गर्दा वार्षिक ९ लाखदेखि १२ लाख रूपैयाँसम्म खुद नाफा कमाउन सकिने प्रचार गर्दै आएका गिरिले किसानलाई लोम्याएका थिए ।  पानी जम्ने समथर भूमिमा स्टेभियाको खेती हुदैन तर उनले तराईमा स्टेभियाको खेती राम्रो हुने भन्दै किसानलाई बिरुवा बिक्री गरेका थिए । पुर्वराष्ट्रपति डा. रामबरण यादव र पुर्वअर्थमन्त्री वर्षमान पुनलगायतसँगको तस्वीरको पनि गिरीले दुरूपयोग गदै आएका छन् ।
उनले कर छलीको आशंकामा राजस्व अनुसन्धान कार्यालयले छापा समेत मारेर छानविन गरेको थियो । उनले करोडौंको करोवार गर्दै आएको कम्पनीले एउटा पनि मुल्यअभिबृद्धि कर (भ्याट) बिल जारी नगरेको र एलोभेरा र स्टेभियाको जुस भारतबाट ल्याएर आफ्नो कम्पनीको स्टीकर टाँसेर बिक्री वितरण गरेको भन्दै पाम एग्रोटेकलाई राजस्वले कारवाही गरेको थियो ।

झापाको बिर्तामोड स्थायी घर भएका गिरीको परिवार ताप्लेजुंगबाट बसाइँ सरेर झापा पुगेको हो । गिरीको पारिवारिक पृष्ठभूमि सामान्य किसानी रहेको छ । रोजगारीका लागि दुई वर्ष मलेसिया बसेर नेपाल फकिएका गिरीले एलोभेरा र स्टेभियाको व्यावसायिक खेतीको नाममा ठगीधन्धा चलाएको महासंघका एक सदस्य नाम नलेख्ने सर्तमा बताए । ती सदस्यले दिएको गोप्य जानकारी अनुसार गिरीले बानेश्वरको बुद्धनगरमा ट्यूसन इन्टिच्यूटसंगै युनिटी र हर्बलजस्ता नेटवर्क मार्केटिङबाट कृषिका नाममा ठगी धन्धा सुरु गरेका थिए । तत्कालीन समयमा ४ सय ५० किसानबाट ११ करोड ठगि गरेको भन्दै उनीलाई कारबाही गरिएको थियो ।