मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी

मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी


सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा अहिले कतिपय कर्मचारी मर्यादाक्रम नमिलेर जान मान्नुभएको छैन भन्दै उहाँले अन्तरिम व्यवस्था गरेर त्यस्ता कर्मचारीलाई मर्यादाक्रम मिलाएर पठाइने जानकारी दिनुभयो ।

“कर्मचारीलाई करकापमा पठाइँदैन । उनीहरुको भावनाअनुसार नै सुविधा दिएर पठाउँछौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “कर्मचारीको भावनाअनुसार नै कर्मचारी समायोजन हुनेछ ।”

गरिखाने र बसीखाने कर्मचारीलाई छुट्याउन कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले काम नै नगरी सरकारको तलब खाने कर्मचारी पनि छन् तर देश र जनतालाई ठग्ने त्यस्ता कर्मचारीलाई तह लगाउन प्रयास गर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले संविधान संशोधन गरेर जानुपर्नेको विकल्प नभएको भन्दै अहिलेको सरकारले संविधान कार्यान्वयनको दायरा शतप्रतिशत पु¥याउने प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।