कांग्रेस-माओवादीको संयुक्त विजय जुलुस (फोटोफिचर)

कांग्रेस-माओवादीको संयुक्त विजय जुलुस (फोटोफिचर)


सर्वोच्चको आदेशलगत्तै भएको पुनःनिर्वाचनमा विजयी भएपछि कांग्रेस(माओवादी गठबन्धनले आइतबार चितवनमा संयुक्त विजय जुलुस गरेको छ।

भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा समेत गठबन्धनका उम्मेदवार विजयी भएपछि कांग्रेस र माओवादीले संयुक्त विजय जुलुस निकालेका हुन् ।

महानगरको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । चौविस कोठीबाट सुरु भएको जुलुस नारायणगढको पुल्चोक पुगेको थियो।

जुलुसलाई आकर्षक बनाउन बाजागाजासहित नाचगान गरिएको थियो । विजय जुलुसमा सहभागी हुन गाउँ(गाउँबाट नेता तथा कार्यकर्ता नारायणगढ आएका थिए ।
राजु सापकोटा/चितवन