ओलीप्रति प्रकाशको घोचपेच

ओलीप्रति प्रकाशको घोचपेच


एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रचण्ड पुत्र प्रकाश दाहालले घोचपेच गरेका छन् । माओवादीकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयरमा जितेपछि उनका भाइ प्रकाशले घुमाउरो पाराले एमाले अध्यक्ष ओलीलाई होच्याउँदै प्रतिक्रिया दिए ।

मतपरिणाम घोषणा भएपछि आफ्नो फेसबुक पेजमा लेख्दै प्रकाशले भरतपुरबासीले गफ र टुक्कामा विश्वास नगरेको भन्दै भरतपुरबासीलाई बधाई र धन्यबाद दिएका छन् । एमाले अध्यक्ष केपी ओलीको नाम उल्लेख नगरे पनि उनले सांकेतिक रुपमा आलोचना गरेका हुन् ।

भरतपुरबासी ‘सचेत’ रहेको भन्दै उनले भरतपुर महानगरपालिकामा ‘काँग्रेस र माओवादीको तालमेल अरुले तालमेल गरे जस्तो नभएको’ लेखेका छन् ।