एडभान्स रकम लिएर वाइपी कन्स्ट्रक्सन फरार

एडभान्स रकम लिएर वाइपी कन्स्ट्रक्सन फरार


कोशी राजमार्गको चित्रे बसन्तपुर सडक खण्डअन्तर्गत दारेगौंडामा कालोपत्रे गरेको तीन महिना नबित्दै सडक भत्किएको छ । यो सडक एक वर्षअघि नै कालोपत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सर्तसहित जिम्मा लिएको ‘वाइपी कन्स्ट्रक्सन’ ठेक्का सम्झौता लिएलगत्तै पाउने रकम बोकेर फरार भएको छ । यस खण्डको सडक मर्मत-सम्भारको जिम्मा लिएको उक्त वाइपी कन्ट्रक्सन काम नसकी भागेको डिभिजन सडक कार्यालय धनकुटाले जनाएको छ । यो सडकखण्डको विभिन्न स्थानमा मर्मत संभार, कालोपत्रे, ड्रेन निर्माण, सोलीङ, ग्राभेललगायतका काम गर्ने गरी १ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो तर निर्माण कम्पनी काम पूरा नगरी भागेको सो कार्यालयले जनाएको छ ।

कालोपत्रे गरेको खण्डजति यतिबेला हिलाम्मे भएको छ । पूर्वी तराईबाट आएका सवारी यही सडक भएर तेह्रथुम सदरमुकाम म्याङलुङ र संखुवासभाको चैनपुर र खांदवारी तर्फ जाने सवारी वसन्तपुर भन्दा अगाडि जान सकेका छैनन् । बर्षा लागेपछि बजेट सक्ने काम गर्ने प्रवृत्तिले गर्दा पूर्वाधार विकासमा सडक विस्तार काम जहिले पनि गुणस्तहिन हुने गरेको छ । निर्माण कम्पनीले चित्रे, दारेगौंडा, वसन्तपुर वजार, भुल्केधारा, गांडेपात्ले, वसन्तपुर खेल मैदान माथिको सडक लगायतका स्थानका सडकमा गरेको कालोपत्रे समेत तीन महिना नपुग्दै भत्किएको हो ।

राजधानीमा मेलम्चीको पानी वितरण गर्ने पाइव विस्तारको नाउँमा भएको सडक खन्ने काम समयमा सम्पन्न नहुदाँ शहर धुलो र हिलो दुवैले आक्रान्त बनाएको छ उपत्यकाबासीलाई । चावहिल, बौद्ध–जोरपाटीलगायत अन्य स्थानमा समेत सो समस्याले पिरोलेको छ ।  यसैबीच, मेलम्चीको पानी वितरण गर्ने पाइव विछ्याउन भन्दै पिच भइसकेको सडकहरु भत्काइएपछि मर्मत नभएकाले काठमाडौंका सडकहरु जसरी पानी पर्दा हिलो र घाम लाग्दो धुलो उड्ने गरेको छ । ठेकेदारले गुणस्तहिन काम गरेका कारण कीर्तिपुर त्रिभुवन विश्वविद्यालय छेउबाट ल्याबेरेटोरी स्कुल हुँदै तीनकुनेसम्म पुग्ने सडक पिच गरेको १५ दिनमै उप्किएको छ ।