रुपन्देहीका दुई जनामा देखियो स्वायनफ्लुको लक्षण 

रुपन्देहीका दुई जनामा देखियो स्वायनफ्लुको लक्षण 


रुपन्देहीका दुई जना व्यक्तिमा स्वयनफ्लुको संक्रमण देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा फलु देखिएको हो ।

रुपन्देहीका जनस्वास्थ्य प्रमुख केयर सिंह गोदारले दु्ई जनामा सिजनल इन्फुएलेन्जाको जिवाणु भेटिएको बताए । ‘हामीले उनीहरुको बसोबास भएको क्षेत्र आसपासमा निगरानी ग¥यो तर अरुमा त्यस्तो लक्षण छैन’,उनले भने ।
जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो सहित उपचारमा आउने बिरामीको निरन्तर निगरानी गरिएको जनाएको छ । रुपन्देहीका अस्पतालमा फ्लु परीक्षण गर्ने किट नहुदा बिरामीहरु काठमाण्डौं जान बाध्य छन् ।

लुम्बिनी अञ्चल अस्पतालमा अहिले ज्वरो आएर उपचारमा आउने विरामीको संख्या अत्याधिक बढेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए ।

जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा चेकजाच गर्न आग्रह गरेको छ ।

‘डराईहाल्नुपर्ने अवस्था त छैन, तर रोग प्रतिरोध क्षमता कम भएकाहरु सचेत हुनुपर्छ, जनस्वास्थ्य प्रमुख गोदारले भने–‘अन्य रोगका बिरामी, बृद्ध, गर्भवती, वालवालिकाहरुमा यो संक्रमण बढी हुन सक्छ ।’