धन्यवाद काठमाडौं प्रहरी प्रमुखज्यूलाई

धन्यवाद काठमाडौं प्रहरी प्रमुखज्यूलाई


आज २१औं शताब्दीमा आएर दुबोजस्तो मौलाएको पार्टीको संरक्षणमा रहेका केही विसङ्गतिमा लागेका पार्टी कार्यकर्ताबाट सर्वसाधारण, व्यापारी, उद्योगपति आदिमाथि हस्तक्षेप गरी विकृति मच्चाई शान्तिसँग बाँच्न पाउने अधिकारमाथि राजनेताको आडमा पार्टीका विशिष्ट श्रेणीका कार्यकर्ता तथा देशका ठूलाबढा भनिने तर सधैं ठूलोका आडमा समाजमा विकृति मच्चाउने व्यक्तिलाई कारबाही गर्न २०४६ सालदेखि ०६७ सम्म प्रहरी प्रशासनमा कोही नदेखेकाले सर्वसाधारणले जनताको जिउधनको सुरक्षाको जिम्मा पाएको प्रहरी निकाय नै आर्थिक र राजनीतिक प्रलोभनमा फसी आपराधिक तत्त्वसँग मिलेको भन्ने आरोप खेपिरहेको प्रहरीले यतिबेला एक इमानदार र कुलश व्यक्तिको उदय भएकोमा आशा पलाएको छ । तपार्इं काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलज्यू, राजनीतिक र आर्थिक प्रलोभनमा नफसी जनताको जिउधनको सुरक्षाका लागि कटिबद्ध भई जनतालाई नेपाल प्रहरीमा परिवर्तन भएको महसुस गराइदिनुहुन अनुरोध गर्दछु ।
प्रहरी सङ्गठनमा खरेलजस्ता कर्मठ व्यक्ति प्रहरी प्रशासनमा ७५ वटै जिल्लामा भइदिए र राजनीतिक हस्तक्षेप नभएमा नेपाली जनताले प्रहरीबाट सुरक्षाको भनुभूति गर्न पाउने थिए । सर्वसाधारणको सुरक्षाको जिम्मा पाएको प्रहरीबाटै जनता असुरक्षित भएको महसुस भइरहेको बेला जनताको निरासालाई आशामा परिणत गरिदिने एसपी खरेलजस्ता प्रहरीलाई पुरस्कार र नराम्रो काम गर्ने सुरक्षाकर्मीलाई दण्ड दिन गृह मन्त्रालयले सर्वसाधारणसँग सहकार्य गरी आजैदेखि पहल गरोस् भन्ने माग गर्दछु । प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी जनताको जिउधनको सुरक्षामा सक्रिय तुल्याउन सबै पार्टीका नेता एक ठाउँमा उभिनैपर्छ । जय होस् ।
– गुणराज त्रिपाठी, चरौंदी बजार
पृथ्वी राजमार्ग

धन्य छन् हाम्रा सभासद् †
संविधान बनाउन सभासद् चुनेर संविधानसभामा पठाइएका हाम्रा सभासद्हरू प्रहरी भर्ना कार्यमा व्यस्त रहेछन् । मासिक पचास हजार तलबलगायत अन्य अनेक शीर्षकमा भत्ता र सुविधा दिँदा पनि उनीहरूलाई पैसाले पुगेनछ । खर्च टार्न बबुरा सभासद्हरूले बेरोजगार युवाहरूसँग ‘ज्याला’ असुल्न थालेछन् । हुन पनि हो, खर्च चलाउन मुस्किल परेपछि ‘साइड जब’ त गर्नैपर्‍यो । चिनजानका प्रहरी हाकिमहरू र गृहमन्त्री नै आफ्ना मान्छे भएपछि २-४ जनालाई जाबो प्रहरी इन्स्पेक्टर बनाइदिने आश्वासन दिनु कुनै गाह्रो कुरै भएन, त्यसमाथि सभासद्को ओहोदा जो छ । यसरी रातारात सम्पत्ति जोडेर धनाढ्य वर्गमा प्रमोशन हुने अभीष्टबाट प्रेरित हाम्रा सभासद्हरूले आफ्नो जागिर-अवधि मनखुसी बढाइसकेकै छन् । ‘साइड जब’बाट फुर्सद नभए या बेरोजगारहरूसँग ‘ज्याला’ असुलेर रोजगारी दिलाउने काममा टुट्टा नपरेकै कारण संविधान लेख्ने फुर्सद नमिले फेरि अर्को एक कार्यकाल अवधि बढाउने निर्णय ठोकिदिए भइहाल्यो । जनता केही नबोल्ने भइहाले, कसले के लछारपाटो लगाउने हाम्रा ‘जनवादी’ सभासदज्यूहरूलाई – बरु जनताबाट यसरी घुस असुल्ने सभासद्लाई तिनका पार्टीले कारबाही गर्ने तयारी गर्दै छन् अरे † यो ढोंग किन रच्नुपरेको होला दलको नेतृत्वले – मौकामा जोडजाम गर्न दिए भइहाल्यो नि । बिचरा † भोलि सर्वहारा जनताकै सेवा गर्ने हुन् ती जनप्रतिनिधिहरूले – घुस्याहा सभासद्ले आफूले घुस नलिएको बरु खाममा राखेर थपक्क चढाएको रकम लुसुक्क खल्तीमा राखेको मात्र रहेछन् । त्यसरी साँचो कुरा स्वीकारिसकेपछि पनि तिनलाई पदबाट बर्खास्त गर्ने कुरा किन गरेको पार्टीले – त्यसरी घुसको घाँस देखाएर मान्छेलाई फसाउन पाइन्छ – उनको ठाउँमा कसलाई सभासद् बनाउन खोजेको – कि उनीभन्दा ठूला नेतालाई सभासद् बनाउन खोजेको – किन चाहियो जान्ने-बुझ्ने अर्का ठूला नेता संविधानसभामा – बेरोजगार युवासँग यसरी रकम ठगेर खानेलाई नै संविधानलेखनको गहन दायित्व सुम्पिदिए भइहाल्यो नि † दुनियाँले तमासा त देख्न पाइरहने थिए । धन्य हो हाम्रो देश † धन्य हुन् हाम्रा सभासद् ††
– हरिहर आचार्य, कपन, काठमाडौं

मैनाली विर्सर्जित †
‘प्रधानमन्त्री चयनमा आफूलाई भोट हाले पाँच करोड दिने प्रस्ताव माओवादीले गरेको’ भनी नेकपा -माले) का महासचिव सीपी मैनालीले गरेको प्रचार आधारहीन, अराजनीतिक र दुराशयपूर्ण छ । एकीकृत नेकपा माओवादी उक्त दुस्प्रचारको घोर निन्दा एवम् भत्र्सना गर्दछ । आफंैले आफ्नो पार्टीका सभासद्माथि गरेको चरम शोषणदोहन, दक्षिणपन्थी गठबन्धन र अराजनीतिक हर्कतका कारण माले फुटेको यथार्थलाई स्वीकार गर्नुको सट्टा उल्टै हाम्रो पार्टीको गरिमामाथि नै हिलो छ्यापेर आत्मरति लिने कसरत गर्नुले सीपी मैनाली र उनको गुटको अस्तित्वको अन्तिम छटपटीलाई अभिव्यक्त गरेको छ । झापा आन्दोलनदेखि यहाँसम्म आइपुग्दा वैचारिक मृत्युवरण गरिसकेका सीपी मैनालीले प्रधानमन्त्री चुनाव हुनैलाग्दा त्यस्तो प्रचार गरेर कतै आफूलाई बिक्रीमा रहेको घोषणा गरिरहेका त थिएनन् –
– दीनानाथ शर्मा, प्रवक्ता, एनेकपा माओवादी