बीपीको आत्मवृत्तान्तका पात्र : जयप्रकाश नारायण

बीपीको आत्मवृत्तान्तका पात्र : जयप्रकाश नारायण


■ स्वयम्भूनाथ कार्की

साम्यवाद वा कम्युनिज्ममा पुँजीवादले झान्दा प्रजातान्त्रिक समाजवाद जन्मन्छ जो भारतमा जयप्रकाश नारायणले जन्माएका थिए । यसलाई हुर्काउने टोलीमा बीपीको पनि महत्वपूर्ण योगदान रहेको थियो । त्यसैले किताबमा पात्र जयप्रकाश नारायणले महत्व पाउनुपर्ने थियो र पाएको पनि छ । जयप्रकाश नारायणको भाइ राजा र बीपी एकै कक्षामा पढ्थे र छितरपुरमा दुईजना मिलेर एउटा घर भाडामा लिएर बसेका थिए । तल्लो तलामा राजा र माथिल्लो तलामा बीपी । बीपीसँग त्यतिखेर आमा र बहिनी पनि सँगै थिए । पहिले खासै परिचय थिएन, चिनेको वा नाम सुनेको भने थियो, त्यसैले आपूmलाई भेट्न आएका दाजुसँग भेट्ने कि भनेर राजासँग सोधे । भाइको साथी भएकाले जयप्रकाशलाई बीपीको सामान्य पृष्ठभूमि थाहा भएको अनुमान हुन्छ । बीपीलाई त जयप्रकाश नारायण भेट्ने उत्सुकता नै हुन सक्छ ।

जे होस्, जयप्रकाश माथि नै आएर बीपी र आमासँग भेट गरे । आमालाई आदर दिएर कुरा गरे । अन्तर्राष्ट्रिय आन्दोलनको मातहतमा सोसलिस्ट पार्टीको सम्भावनामा काम गर्ने मुखियाले आफ्नो आमालाई आदर दिएर कुरा गरेको कुराकानीमा सरल भाषा प्रयोग गरेको कुराले बीपीलाई प्रभाव पर्नु नै थियो र प¥यो पनि । छितरपुरको भेटपछि जयप्रकाश नारायणको व्यक्तित्वसँग प्रभावित बीपी काङ्ग्रेस सोसलिस्ट पार्टीको झन्डै सुरुको सदस्य भए । यहाँ झन्डै सुरुको सदस्य भन्नाले संस्थापक सदस्यपछिको सदस्य हो कि भनेर बुझ्नुपर्ने हुन्छ । बीपीलाई बाहिरको कामभन्दा लेख्ने काममा बेसी खटाइएको थियो । जयप्रकाश र आचार्य नरेन्द्रदेवसँग घनिष्टता बढ्ने नै भयो । भारतीय स्वतन्त्रता आन्दोलनमा बीपी यही सोसलिस्ट घटकबाट सक्रिय भए अर्थात् जयप्रकाश नारायण आचार्य नरेन्द्रदेव आदिको नेतृत्वमा खटे ।

भारत स्वतन्त्र हुने प्रक्रियामा लागेपछि जयप्रकाश नारायणले बीपीलाई नयाँ परिस्थितिमा प्राप्त अवसर अथ्र्याउन नेपालीको एउटा प्रजातान्त्रिक सङ्गठन बनाउन उत्प्रेरित मात्र गरेनन्, त्यसको निमित्त आवश्यक सबै किसिमको सहयोग पनि गरे । हरेकपल्ट बीपी थुनामा पर्दा जयप्रकाशले आफ्नो बल लगाए । ती प्रयत्न कुनै बेला सम्पूर्ण सफल भयो भने कुनै बेला आंशिक सफल भयो । नेपाली काङ्ग्रेसको काममा बीपीलाई जयप्रकाश नारायणको आडभरोसा थियो भन्ने कुराको छनक दिने प्रसङ्ग परिच्छेद २७ मा छ । पटनामा बीपी बसेको घरमा नै काठमाडौंको भारतीय राजदूतावासको रेडियो सन्देश सुन्न सकिने प्रबन्ध भएको कुरा त्यहाँ उल्लेख भएको छ । आफूले पाल्पा लैजान खोजेको राजा भारतीय राजदूतावासमा गएको थाहा पाउनेबित्तिकै सल्लाह माग्न बीपीले जयप्रकाशलाई नै टेलिफोन गरे ।

बीपी र बीपीको परिवारले पनि जयप्रकाश र सोसलिस्ट पार्टीलाई आवश्यकताको बेलामा सहयोग गरेका उदाहरण छन् । चाहे त्यो नेपालमा लुक्ने स्थान दिने काम होस् वा चुनावमा आर्थिक मद्दत गरेको होस् । कुनै कुनै स्थानमा त एक–अर्काका पूरकजस्तो पनि देखा पर्छन् । तर, आफ्नो यस्तो बललाई बीपीले दिल्ली सम्झौताको बेला र सरकारको स्वरूप बनाउने बेलामा प्रयोगमा ल्याएको देखिँदैन । क्रान्तिमा हरेक तरिकाले साथ दिने, हतियार उपलब्ध गराउन सहयोग गर्ने जयप्रकाशलाई दिल्ली सम्झौताको बेला पनि बीपीले साथ राख्न सकेका भए सम्भवत आज नेपालको रूप नै फरक हुने थियो । अझ बीपी र मातृकाको खटपट मिलाउन आएका जयप्रकाशको कुरो केही प्रतिशत पनि बीपीले मानेका भए के हुन सक्थ्यो होला त्यो कल्पना नै सुखद लाग्छ ।

जयप्रकाशले सत्र सालपछि नजरबन्दमा रहेका बीपीलाई छुटाउन पनि प्रयत्न गरेको प्रसङ्ग किताबमा आएको छ । राजा र बीपीमा मध्यस्थताको भूमिका पनि निर्वाह गर्न उनले खोजे । किताबका अनुसार बीपी टसमस नै भएनन् । राजा महेन्द्रको नजरबन्दमा बीपीलाई ज्यानको खतरा छैन भन्ने कुरामा नेहरूलगायत अन्य भने ढुक्क भएको प्रसङ्सँगै परिच्छेद ६० को अन्ततिर जयप्रकाशले भने बीपीको मृत्युको आशङ्का गरेकोजस्तो देखिन्छ । ‘अब बीपीका मित्र र नातेदारहरूले मुटु दह्रो पार्नुप¥यो । मर्न पनि सक्तछन् उनी,’ जयप्रकाशको यो घोर निराशाको बीचमा बीपी नजरबन्दबाट मुक्त भए । राजा महेन्द्रको यो कदम जयप्रकाशको निमित्त आश्चर्यलाग्दो नै थियो । सम्भवत जयप्रकाशले राजा महेन्द्रलाई यो घटनाले पूनर्मूल्याङ्कन गरे । त्यही मूल्याङ्कनको आधारमा बीपी स्वनिर्वासनमा भारत जानुहुँदैन थियो । नेपालमै आफ्नो काम गर्न कुनै खतरा थिएन भन्न पुगे ।

बीपीको स्वनिर्वासनमा भारत भएको बेला भने जयप्रकाशसँग त्यति बाक्लो भेट भएको र अन्य विशेष सम्बन्ध भएको उल्लेख छैन । बदलिएको भारतमा सोसलिस्टहरूले आफ्नै सङ्घर्ष गर्नुपर्ने अवस्था भएको र बीपी अब भारतको आन्तरिक राजनीतिमा प्रयोग हुन नसक्ने अवस्थामा पुगेकाले पनि सत्ताधारीहरूसँग नै ज्यादा हिमचिम भएको हुन सक्छ । नेपालको सरकार प्रमुखको जिम्मेवारी सम्हालिसकेको व्यक्तिलाई भारतीय राजनीतिमा विपक्षी दलको भूमिकामा भएकाले ज्यादा सहायता गर्न सक्ने कुरा नहुनु स्वाभाविक नै हो । तैपनि सोसलिस्ट इन्टरनेसनलका अभियानमा भने बीपी अभैm ग्राह्य थिए । त्यसैले नेपालमा सशस्त्र कान्ति गर्न खोजेको हतियार बंगलादेशमा विद्रोहीलाई सघाउन दिन भने बीपीको प्रयोग गरियो । यो प्रयोग सत्ताधारी दलले विपक्षमा रहेका जयप्रकाशलाई प्रयोग गरेरै ग¥यो । बीपीसँग हतियार बंगलादेशीलाई दिन अनुरोध जयप्रकाशले गरे । तर, सत्ताको चासोबेगर तीन प्रान्तको सिमाना कटाएर हतियारको ट्रक सामान्य मालबाहक ट्रकजस्तै बंगलादेश पु¥याउन सम्भव थिएन ।