राजपा बैठकमा ‘राजधानी परिवर्तन’को प्रस्ताव

राजपा बैठकमा ‘राजधानी परिवर्तन’को प्रस्ताव


राष्ट्रिय जनता पार्टी नेपालको बुधबारदेखि सुरु भएको तीन दिवसीय केन्द्रीय पदाधिकारीहरुको बैठकमा संघीय (केन्द्रीय) राजधानी परिवर्तनको प्रस्ताव पेश भएको छ । राजपा नेपालका सहमहासचिव रमन पाण्डेयले सो प्रस्ताव अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बुझाएका छन् ।

२७ वर्षदेखि मधेशको राजनीतिमा सक्रिय पाण्डेय कहिल्यै पनि नेपाली भाषा नबोल्ने वाचा गरेका मधेसवादी नेता हुन् । वर्तमान राजधानी काठमाडौं भौगोलिक एवं भूकम्पीय दृष्टिकोणबाट अनुपयुक्त स्थल रहेको भन्दै काठमाडौंलाई पर्यटक केन्द्रकै रुपमा उपयुक्त हुने राजपा सहमहासचिव पाण्डेयको जिकीर छ ।

नयाँ नेपाल बनाउनका लागि चितवन र नवपरासीको क्षेत्रमा नयाा केन्द्रीय राजधानी बनाउनपर्ने सुझाव उनले दिएका छन् । तीन करोड नेपाली जनताको पहुँच हुने सुगम क्षेत्रलाई राजधानी बनाउनुपर्ने भन्दै अन्य उपयुक्त साझा स्थान खोज गरी नयाँ राजधानी स्थापनाका लागि राजपा नेपालको केन्द्रीय पदाधिकारीहरुको बैठकमा पाण्डेयले ध्यानाकर्षण गराएका हुन् ।

बताइएअनुसार आफ्नो प्रस्तावमा पाण्डेयले पहाड र मधेशलाई जोड्ने भाषाको रुपमा हिन्दीलाई नेपालीको समकक्ष भाषाको रुपमा प्रयोग हुनुपर्ने समेत उल्लेख गरेका छन् ।