एसियाडमा बुद्धिचाल नपर्नु मुलुककै दुर्भाग्य

एसियाडमा बुद्धिचाल नपर्नु मुलुककै दुर्भाग्य


-श्रीविक्रम भण्डारी
निकट भविष्यमै चीनको ग्वाङझाउ सहरमा आयोजना हुन गइरहेको १६औं एसियाली खेलकुद प्रतियोगितामा बुद्धिचाललाई समावेश गरिएको छैन । शुभारम्भमा राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा बुद्धिचाललाई नराख्ने निर्णय गरेको थियो । पछि सम्भावित पदक जित्ने खेलको रूपमा बुद्धिचालको चर्चा चलेपछि एसियाली खेलकुद प्रतियोगिताका संयोजक तथा राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनको आग्रहमा दुईजना खेलाडीलाई राख्ने निर्णय गरिएको थियो । तर विडम्बना, हालै परिषद्को बोर्ड बैठकले बजेटको कारण देखाउँदै बुद्धिचाललाई एसियाडमा नराख्ने निर्णय गरेपछि खेलाडी र पदाधिकारीहरूको मनमा ठूलो कुठाराघात भएको छ । नेपाल बुद्धिचाल सङ्घले यो मुलुककै लागि दुर्भाग्य भएको बताउँदै बुद्धिचाल खेलको विकासमा प्रश्नचिह्न लागेको बताए ।
सङ्घले एसियन खेलकुद आयोजक समितिले नेपालमा बुद्धिचाल खेलको विकास, वृद्धि र सक्रियतालाई महसुस गरेर नेपालको तर्फबाट एकजना आर्बिटर ज्ञानेन्द्र खाइजुलाई निमन्त्रणा गर्दै पत्राचार गरिसकेको अवस्थामा राखेपको यस्तो निर्णय गर्नु विडम्बना भएको बताएको छ । यस्तो अवस्था अर्थात् ग्वाङझाउले समेत महत्त्व दिँदा नेपालको खेलकुद निकाय र सरकारले यसको बारेका कुनै पहल नगर्नु र महत्त्व नदिनुले बुद्धिचालप्रति सम्बन्धित निकायको हेर्ने दृष्टिकोण कस्तो रहेछ त्यो प्रस्ट भएको छ । केही समय पहिले राखेपले नेपाल च्याम्पियन बद्री नेपाली र मोनालिसा खुम्बुलाई प्रतियोगितामा समावेश गर्ने आश्वासन दिएको थियो ।
राखेपको यो पहलप्रति सकारात्मक रहेको सङ्घले त्यसपछि आफ्नै पहल र खर्चमा रनर अप विलमलाल श्रेष्ठ र अस्मिता अधिकारीलाई तयारी रूपमा राखेको थियो । बुद्धिचाल खेल टिम गेम भएकोले अनिवार्य रूपमा चारजना खेलाडी पठाउनुपर्छ । राखेपले दुईजना मात्र पठाउँदा त्यसको कुनै अर्थ नहुने हँुदा सङ्घले रनर अपलाई पनि पठाउने पहल गरेको थियो । तर, विडम्बना राखेपले बुद्धिचाललाई एसियाडमा समावेश नगर्नुले खेलाडीहरू हतोत्साही हुन पुगेका छन । अर्को महत्त्वपूर्ण कुरा, सम्भावित पदक जित्ने खेल बुद्धिचाललाई एसियाडमा समावेश नगरी सहभागिताका लागि मात्र अन्य खेललाई राखपले पठाउनु कत्तिको बुद्धिमानी हो सोझै अड्कल काट्न सकिन्छ । राखेपले यस्तो गैरजिम्मेवारी निर्णय गरे पनि बुद्धिचाल सङ्घले आफ्ना खेलाडीहरूलाई एसियाडमा सहभागिता गराउने कोसिस भने जारी राखेको छ । सङ्घले नेपाल ओलम्पिक कमिटीसँग समन्वय गरेर चारजना खेलाडी अर्थात् दुईजना पुरुष र दुईजना महिलालाई पठाउने तारतम्य मिलाई राखेको छ । यतिबेला खेलाडीहरूको सम्पूर्ण आर्थिक भारले थिचिएको सङ्घले त्यो बोझ उठाउन सक्ला प्रश्न खडा भएको छ । यदि सङ्घ खेलाडीहरूको आर्थिक भार उठाउन असक्षम भएमा मुखमा परेको लड्डु भुइँमा नखस्ला भन्न सकिँदैन । र्
वर्तमान अवस्थामा बुद्धिचाल खेलको चर्चा गर्दा स्वदेश र विदेशमा सबैले नेपालको नाम गौरवका साथ लिन्छन् । नेपालले बुद्धिचालमा छोटो समयमा गरेको प्रगति र सक्रियतालाई मध्यनजर गर्दै निकट भविष्यमै एसियन चेस फेडेरेसनले पुरस्कृत गर्दै छ । एसियाको सबैभन्दा सक्रिय बुद्धिचाल सङ्घको रूपमा ओलम्पियाड रुसमा नेपाल पुरस्कृत हुँदै छ । यही ओलम्पियाडमा विश्व बुद्धिचाल महासङ्घ -फिडे) को निर्वाचन हुँदै छ । जसको कार्यकारी समितिको सदस्यमा नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशीले उम्मेदवारी दिइसकेका छन् । नेपालको बुद्धिचाल खेलको विकासका लागि निकै महत्त्वपूर्ण मानिएको उक्त पदमा जोशी विजयी भएमा त्यो ऐतिहासिक हुनेछ । साथै नेपालले विश्व चेस जगत्मा आफ्नो पहिचान सशक्त बनाउन सफल हुने सबैले विश्वास लिएका छन् ।
एसियाली खेलकुदमा बुद्धिचाल खेललाई सहभागी गराउन निकै पहल गरेका संयोजक मीनकृष्ण महर्जनसँग यसबारेमा प्रतिक्रिया माग्दा उनले अहिले पनि आफू प्रयासरत रहेको बताए । वर्तमान अवस्थामा चेसले निकै प्रगति गरेको बताउँदै महर्जनले सरकारले बजेट ढिला दिएकै कारणले यस्तो स्थितिको सिर्जना भएको बताए । बजेटकै कारणले गर्दा खेलको सहभागिता र खेलाडी छनोटमा ढिला भएको पनि प्रस्ट पारेका थिए । आफू पहिले पनि चेसलाई एसियाडमा सहभागी गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै सो अभियानलाई अहिले पनि जारी राखेको बताए ।
अन्य खेललाई सहभागिताका लागि सहभागिता मात्र गराउनुभन्दा सम्भावित पदकविजेता खेललाई सहभागी गराउँदा राम्रो हुँदैन र भन्ने प्रश्न राख्दा महर्जनले एकदमै राम्रो प्रश्न सोध्नुभयो भन्दै आफ्नो चाहना पनि सम्भावित पदक जित्ने खेललाई राख्ने रहेको बताएका थिए । महर्जनले बुद्धिचाल विशेष प्राथमिकताको सूचीमा रहेको र यसको सहभागिताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताए ।
त्यस्तै सङ्घका अध्यक्ष राजेशहरि जोशीले एसियाडमा बुद्धिचाल खेल नपर्नु दुर्भाग्य भएको बताउदै अझै पनि राखेपले गम्भीर भएर सोच्नुपर्ने बताए । जोशीले विगतमा २० जना मात्र रेटिङ खेलाडी रहेकोमा आफ्नो दुईवर्षो कार्यकालमा एक सय ५० पुगेको स्मरण गराउँदै फिडे अर्बिटर शून्यबाट चारजना पुगिसकेको बताए । जोशीले विगतमा चेसको दुई वर्षमा एकपटक मात्र राष्ट्रिय प्रतियोगिता हुने तर अहिले यसमा व्यापक परिवर्तन भएको सुनाए । आफूले अध्यक्षको कार्यकाल सम्हालेदेखि विभिन्न महिला तथा पुरुषका विधामा आठवटा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको र यो अवधिमा दस देशमा तीन सय ५० खेलाडी पठाइसकेको दाबी गर्दै जोशीले अहिलेसम्म एउटा खेलाडी पनि विदेशमा पलायन नभएको दाबी गरेका थिए । बुद्धिचालका खेलाडी अनुशासित र प्रतिभाशाली भए पनि सम्बन्धित निकायको साँघुरो मानसिकताको सिकार बन्दै गएको गुनासो पोखेका थिए ।

ग्य्राण्डमास्टर -जिएम) प्रतियोगिता कोङ्सेढुङ्गा सावित हुनेछ
रामकुमार थापा -अध्यक्ष द हिमालयन चेस क्लब)
० तपार्इं उद्यमी-व्यवसायी कसरी खेलकुदतर्फ आकरि्षत हुनुभयो –
– सर्वप्रथम खेलकुदमा सबैको लगाव हुन्छ । मेरो पनि हरेक खेलमा लगाव छ । स्वस्थ शरीरको विकासका लागि पनि खेलकुदको महत्त्वपूर्ण भूमिका रहने भएकोले म यो क्षेत्रतर्फ आकरि्षत भएको हुँ ।
० अन्य थुप्रै लोकप्रिय खेल छन्, त्यसमा बुद्धिचाललाई नै रोज्नुको कारण के होला –
– बुद्धि विकासका लागि निकै महत्त्वपूर्ण मानिएको चेस म सानै उमेरदेखि खेल्ने गर्दथे । चेसका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न नपाए पनि साथीभाइसँग चेस खेल्दा खेल्दै यो खेलप्रति आकरि्षत भएको थिए । अहिले नेपालमा चेसको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको विकास र विस्तारमा सहयोग गर्न मैले चेसलाई रोजेको हुँ । मलाई चेसको विकासमा होस्टेमा हैंसे गर्न अध्यक्ष राजेशहरि जोशीको प्रेरित गर्नुभएको हो ।
० अहिले चेस क्लबसमेत खोलिसक्नुभएको छ, यसको उद्देश्य र योजना के हो –
– चेसलाई व्यावसायिक रूपमा विकास गर्न ‘द हिमालयन चेस क्लब’ खोलेका हौँ । क्लबको उद्देश्य र योजना भनेको उत्कृष्ट चेस खेलाडी उत्पादन गर्न सघाउनु हो ।
० क्लब स्थापना भएको थोरै समयमा दुई महत्त्वपूर्ण प्रतियोगिताको आयोजना गरिसक्नुभएको छ, आर्थिक तालमेल कसरी मिलाइराख्नुभएको छ ।
– यो सबै साथीभाइ र शुभेच्छुकहरूको सहयोगको परिणाम हो । म जे काम गरँे त्यसैमा रमाउने व्यक्ति भएकोले थोरबहुत आफ्नो लगानी गरेर चेसलाई व्यावसायिक रूपमा अगाडि बढाउने प्रयत्न गरिरहेको छु । साथीभाइसँग भविष्यमा पनि यस्तै सहयोग अपेक्षा गरेको छु ।
० निकट भविष्यमै ग्य्राण्डमास्टर अर्थात् जीएम प्रतियोगिताको आयोजना गर्दै हुनुहुन्छ, यसको तयारी कसरी अगाडि बढिरहेको छ –
– सर्वप्रथम नेपालमा जीएमजस्तो ठूलो प्रतियोगिताको आयोजना हुनु मुलुककै लागि गौरवको कुरा हो । जहाँसम्म तयारीको कुरा छ, त्यसको सम्पूर्ण तयारी भइसकेको छ । हामीले विदेशबाट आउने २७ जना खेलाडीलाई होटेल माउन्टेनमा राख्ने व्यवस्था मिलाएका छौँ । प्रतियोगिता पनि सोही होटेलमा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नेपाललगायत दस देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
० नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको यस्तो महत्त्वपूर्ण अन्तर्रर्ााट्रय प्रतियोगिता गर्न पाउँदा कत्तिको उत्साहित हुनुहुन्छ –
– म यो प्रतियोगिता नेपालमा गर्न पाउँदा निकै उत्साहित भएको छु । उत्साहित भएकै कारणले प्रतियोगिता गर्ने आँट गरेको हँु । मलाई विश्वास छ, यो प्रतियोगिता बुद्धिचाल खेलको विकासमा कोसेढुङ्गा सावित हुनेछ । यो प्रतियोगिताको सफल आयोजनापश्चात् अन्तर्रर्ााट्रय डबलीमा हाम्रो दह्रो उपस्थितिको सुरुवात हुनेछ ।
० ग्य्राण्डमास्टर प्रतियोगितामा कुन-कुन राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन्, नेपाली खेलााडीको विजयमा कत्तिको आशावादी हुनुहुन्छ –
– यो प्रतियोगितामा बंगलादेश, भारत, श्रीलङ्का, प|mान्स, रोमानिया, युक्रेन, उज्वेकिस्तान, स्लोभानिया र इङ्गल्यान्डका खेलाडीको सहभागिता पक्का भइसकेको छ भने अमेरिकाको टुङ्गो लागेको छैन । यो प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट पर््रदर्शन गर्ने कुरामा म विश्वस्त छु ।
० यो प्रतियोगितापश्चात् नेपाली खेलाडीहरूको स्तरमा कत्तिको विकास हुने विश्वास गर्नुभएको छ –
– यो प्रतियोगिता नेपाली खेलाडीहरूका लागि अनुभव बटुल्न र स्तरवृद्धिका लागि फलदायी हुनेछ । साथै यही प्रतियोगितामार्फ नेपालले पहिलो अन्तर्रर्ााट्रय आर्बिटरको रूपमा ज्ञानेन्द्र खाइजुलाई प्राप्त गर्नेछ । जुन नेपालका लागि ठूलो उपलब्धिको कुरो हुनेछ ।
० वर्तमान अवस्थामा नेपाली खेलाडी र विदेशी खेलाडीको तुलना कसरी गर्नुभएको छ –
– सर्वप्रथम नेपालमा जीएम र आईएम एउटा पनि छैनन् । हामीसँग बुद्धिचाल महासङ्घ -फिडे) ले मान्यता दिएको एक मात्र फिडे मास्टरको रूपमा मनीष हमाल छन् । यद्यपि नेपाली खेलाडी प्रतिभाशाली हुँदाहुँदै पनि यस्ता स्तरका प्रतियोगितामा प्रतिस्पर्धा र सहभागिताको कमीले गर्दा जीएम र आईएम पाउन नसक्नु दुर्भाग्यको कुरो भएको छ ।
० अहिले बुद्धिचाल खेलको लोकप्रियता ह्वात्तै बढेको छ, यसमा तपाईंको भन्नु के छ –
– यो बुद्धिचाल सङ्घको मिहिनेत र लगनशीलताको परिणाम हो । बुद्धिचालमा नयाँ रक्तसञ्चार हुनुमा खेलाडीहरूको उत्साहपूर्ण सहभागिता र सञ्चारमाध्यमहरूको विशेष भूमिका रहेको छ ।
० प्रतियोगितामा विजयी खेलाडीलाई लाखौंको पुरस्कार राख्नुभएको छ, प्रायोजकको साथ कत्तिको पाउनुभएको छ –
– प्रायोजकबिना प्रतियोगिता आयोजनाको कल्पनासमेत गर्न सकिँदैन । र, पनि देशको विषम राजनीतिक परिस्थितिले गर्दा सोचेअनुरूप हुन सकेको छैन । हामीले यो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीलाई क्रमशः एक हजार, सात सय, पाँच सय, तीन सय र दुई सय अमेरिकी डलरको नगद पुरस्कार राखेका छौँ । प्रतियोगिताको आयोजनामा लगभग १७ लाख रुपैयाँ खर्च हुनेछ ।
० अन्त्यमा बुद्धिचालमा नेपाली खेलाडी र नेपालको भविष्य कस्तो देख्नुभएको छ –
– अहिले जुन गतिमा बुद्धिचाल प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् यदि सोही स्थिति भविष्यमा पनि कायम रहने हो भने मैले नेपाली खेलाडीको भविष्य निकै उज्ज्वल देखेको छु । मलाई विश्वास छ, चेसले मुलुकको गौरवलाई बढाउन अहम् भूमिका निर्वाह गर्नेछ ।

मन्त्रीले मुख खोल्दा एसियाडमा प्रश्नचिह्न
अहिलेे १६औँ एसियाड नेपालका लागि निल्न न ओकल्नु बनेको छ । कछुवाको तालमा कमजोर तयारी र त्यसमाथि अर्थमन्त्री सुरेन्द्र पाण्डेले भुत्ते खुकुरी प्रहार गरेपछि एसियाडमा नेपालको सहभागिता अन्योलमा परेको हो । अर्थमन्त्री पाण्डेले बजेट नआए एसियाडमा नेपालको सहभागिता नहुने बताएका थिए । राखेपले एसियाडका लागि पाँच करोडको बजेट माग गरे पनि सरकारले अहिलेसम्म एक करोड रुपैयाँ मात्र दिएको छ । दुई साताअघि मात्र दिइएको उक्त रकमले एसियाडको तयारीमा केही तीव्रता आए पनि मन्त्रीको बोलीले उक्त तयारी पनि बन्द हुने अवस्थाको सिर्जना भएको छ । मन्त्री पाण्डेले एसियाड आउँदो कात्तिकमा हँुदै छ भन्ने स्मरण गराउँदै यदि समयमा बजेट आएन भने नेपालको सहभागिता नहुने स्पष्ट पारेका थिए । वर्तमान अवस्थामा मुलुकले विषम परिस्थितिको सामना गरिरहेको र यस्तै अवस्था भविष्यमा पनि रहे सरकारले केही गर्न नसक्ने बताएका थिए । अहिलेको अवस्थामा एसियाडमा नेपालको सहभागिता हुन नसक्ने दाबी गर्दै मन्त्री पाण्डेले जब मुलुक अन्योलतामा रुमलिरहेको छ भने यो सहभागिताको कुनै अर्थ नहुने बताएका थिए । खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राख्ने बेलामा फुटेको मन्त्री बोलीले अहिले खेलकुदमा सन्नाटा छाएको छ । र पनि, उहाँले प्रशिक्षण जारी रँख्नु भन्नुले चाहिँ आशा भने मरिसकेको छैन । त्यस्तै, नेपाल राष्ट्रिय तथा अन्तर्रर्ााट्रय खेलाडी सङ्घले मन्त्री पाण्डेको उक्त बोलीको विरोध गर्दै सोह्रौँ एसियाडमा नेपालको सहभागिता निश्चित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सङ्घका महासचिव दीपक श्रेष्ठले अन्तर्रर्ााट्रयस्तरमा अनुभव बटुल्ने र मुलुकको गँैरव बढाउन अहम् भूमिका निर्वाह गर्ने एसियाली खेलकुद प्रतियोगितामा यथाशीघ्र सहभागिता निश्चित पार्न अनुरोध गरेको छ ।

तेक्वान्दोका लडाकु युद्धका लागि तयार
एसियाली खेलकुदमा उत्कृष्ट नतिजा निकाल्दै आएको तेक्वान्दोले हालै खेलाडीको अन्तिम छनोट गरेको छ । आफ्नै पारामा नियमित रूपमा प्रशिक्षण गराउँदै आएको तेक्वान्दोले गत साता आफ्ना १२ खेलाडीको छनोट गरेको थियो । ग्वाङझाउ एसियाडका लागि यसपटक तेक्वान्दोले ६ जना महिला र ६ जना पुरुष खेलाडीलाई प्रतिस्पर्धामा उतारेको छ । उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष खेलाडीमा यादव पौडेल, कुमार मानन्धर, सुजन पुजारी, सुजन जोशी, आशिस महर्जन र दानबहादुर ऐरी छन् भने महिलातर्फ मनिता शाही, आयशा शाक्य, यामकुमारी चौंलागाईं, सविना महर्जन, रोशनी केसी र लक्ष्मी राणाले प्रतिस्पर्धा गर्नेछन् । यसअघि कतारमा भएको १५ एसियाडमा नेपालले तीनवटा कास्य पदक जित्न सफल भएको थियो । उक्त एसियाडमा दीपक विष्ट, मनिता शाही र आयशा शाक्यले नेपाललाई पदक दिलाउन सफल भएका थिए । कीर्तिमानी खेलाडी दीपक विष्टले चोटका कारणले यो एसियाडमा सहभागिता दिएका छैनन् । एसियाडमा लगातार दुई कास्य पदक जितेका दीपक खेल्न नसक्ने भएपछि तेक्वान्दो सङ्घले यो मुलुककै लागि दुःखको कुरा भएको बताएको छ ।