देशको संविधान’ निर्माणका लागि हो…..

देशको संविधान’ निर्माणका लागि हो…..


देशको संविधान’ निर्माणका लागि हो मेरो उम्मेदवारी-मोहम्मद आफताव आलम -श्रममन्त्री तथा युवा नेता, नेपाली काङ्ग्रेस)
० काङ्ग्रेस केन्द्रिय सदस्यमा तपाईंको उम्मेदवारी किन –
– राष्ट्र अत्यन्त अप्ठ्यारो परिवेशबाट गुज्रिरहेको छ । नयाँ संविधान निर्माण प्रक्रिया धरापमा परेको छ भने बर्षौंको कठिन लडाइँपछि प्राप्त लोकतन्त्रको भविष्य फेरि धर्मराउन पुगेको छ । संविधान बन्न नदिने खेल जारी छ र बनेपनि त्यो ‘जनताको या देशको’ नबनेर कुनै समूहविशेषको स्वार्थसिद्धिका लागि मात्र निर्माण हुने खतरा पनि बढिरहेको छ । यस्तो अवस्थामा नेपाली काङ्ग्रेसको दायित्त्व यस मुलुकमा झन् बढ्न पुगेको छ । ‘देशको निम्ति’ संविधान बन्नु अत्यन्त आवश्यक छ र काङ्ग्रेसको पहलकदमीबिना यो कार्य असम्भवजस्तै छ । यही महत्त्वपूर्ण र संवेदनशील मुद्दाप्रति पार्टीलाई केन्द्रित गराउनु हामीजस्ताको कर्तव्य हो, जुन काम नेतृत्त्वतहमा बसेर मात्र सम्भव छ भन्ने आजसम्मको अनुभवले मलाई सिकाएको छ । यर्सथ, मुस्लिम कोटाबाट मैले आफूलाई उम्मेद्वार बनाएको हुँ । देश आजको जटिल र कहालीलाग्दो परिस्थितिमा पुग्छ भनेर मैले ३-४ वर्षअघिदेखि नै संसद, पार्टी-नेतृत्वलगायतका सबै फोरममा आवाज उठाउँदै आएको थिएँ, तर कतैबाट वास्ता भएन । अब यस्ता संवेदनशील आवाजहरूको सुनुवाइ हुने अवस्था सिर्जना गर्न हामी अग्रसर हुनैपर्छ भन्ने मलाई लाग्छ ।
० देश यस्तो अवस्थामा पुग्छ भन्ने त्यतिबेलै कसरी थाहा भयो नि तपाईंलाई –
– जुन दिन हतियारको राजनीति घोषित रूपमै सुरु भयो, प्रजातन्त्रलाई तहसनहस तुल्याउने षड्यन्त्रको विज थियो त्यो । माओवादीले जुन हतियारको राजनीतिक गर्‍यो, हतियारबाटै सत्ता हासिल गर्ने जुन उसको अभीष्ट देखियो, लोकतन्त्रलाई कोल्याप्स गराउन नै उसले त्यो खेल खेलेको थियो । त्यतिबेलै मलाई यो आभास भयो कि यो देशको डेमोक्रेसी जान्छ † त्यो सिनारियो हेरेपछि हामीले पटक-पटक आवाज उठायौँ । संविधानसभाको निर्वाचनकै सवालमा पनि मैले त भनेको थिएँ कि माओवादीलाई निःशस्त्र नतुल्याईकन हामी ‘पे|mस म्यान्डेट’ खोज्ने प्रक्रियामा जानु हुँदैन भनेर । हतियारको पे्रसले गर्दा जनताले आफ्नो वास्तविक मत प्रयोग गर्न सक्दैनन् भनेको थिएँ मैले हाम्रो नेतृत्वसँग । तर सुनुवाइ भएन ।
यस्तो कुराको सुनुवाइ किन नगरेको होला त पार्टी –
– अब त्यो कुरा किन कोट्याइहने र – केही ल्याप्सेसहरू भएकै हुन् त्यतिबेला । त्यसैको परिणति त यतिबेला भोग्दै छौँ हामी । अब यस्तो स्थिति पार्टीभित्र नहोस् भन्नकै लागि हामीजस्ताको उपस्थिति नेतृत्वमा आवश्यक छ भन्ने लागेको हो र केन्द्रीय सदस्यका लागि उम्मेदवार बन्नुपरेको हो ।
० नेपाली काङ्ग्रेसमा आन्तरिक प्रजातन्त्रको अभाव छ भन्छन् नि, तपाईंलाई के लाग्छ –
– यो कुरासँग म सहमत छैन । आ-आफ्नो विचार वा धारणा राख्न काङ्ग्रेसको विधानले पूरै छुट दिएको छ । यो आन्तरिक रूपमै पनि ‘डेमोक्याटि्रक प्याट्रन’ मा हिँडेको पार्टी हो । काङ्ग्रेसले विगतमा केही कमजोरीचाहिँ पक्कै गरेको हो, जसका कारण पनि आज देश यस्तै अप्ठ्यारो परिस्थितिमा आइपुगेको हो ।
० तपाईंहरूजस्ता कार्यकर्ताले उठाएको गम्भीर र महत्त्वपूर्ण आवाजको सुनुवाइ हुँदैन भने ँआन्तरिक रूपमा अप्रजातान्त्रिक’ ठहरिएन त काङ्ग्रेस –
– नसुनेको होइन- सुन्यो, तर हल्का रूपमा लियो पार्टीले । मैले उठाएको त्यही कुरा आज मुलुककै लागि गम्भीर विषय बनेर रहेको छ । तर्सथ, हामीजस्ता युवा सांसदको आवाज आज पार्टीका लागि महत्त्वपूर्ण एजेण्डा बन्न सक्छ ।
० बाह्रौं महाधिवेशनका लागि तपाईंका चुनावी एजेण्डा के-के हुन् – केन्द्रीय सदस्य निर्वाचित भए के गर्नुहुन्छ –
– यस विषयमा मेरो ‘होमवर्क’ चलिरहेको छ । तथापि मैले बारम्बार उठाउँदै आएको मुद्दालाई अहिले पनि दोहोर्‍याउन चाहन्छु कि संविधान राष्ट्रका लागि बन्नुपर्छ, कुनै दलविशेष, समूहविशेष या कसैको स्वार्थसिद्धिका लागि होइन । जब राष्ट्रका लागि संविधान बन्छ तब प्रत्येक जनताले समान रूपले अवसर र राहत पाउनेछन् । समान दृष्टिकोणले संविधान बन्नुपर्छ । अर्को, देशमा शान्ति कसरी स्थापना हुन्छ- त्यसका लागि इमानदारीका साथ काम गर्नु र गर्न घच्घच्याउनु मेरो दोस्रो एजेण्डा हो । मुलुक अब आजकै र्ढराले चल्न सक्दैन, अब सिष्टममा जानुपर्छ, सिष्टमबाट चल्नुपर्छ । डेमोक्र्याटिक सिष्टमबाट चल्नुपर्छ । अनेक संविधान बने हाम्रो देशमा, अनेक कानुन आए, मानिस परिवर्तन भए, तर सिष्टम परिवर्तन भयो तर मानसिकता र तौरतरिका बदलिन सकेन । यो बदल्ने दायित्व पनि अब काङ्ग्रेसको छ । यसका लागि पार्टी नेतृत्वमा रहेर धेरै गर्न सकिने भएकोले मेरो यो तेस्रो एजेण्डा हो । जुन मुलुकमा गरिबी हुन्छ त्यहाँ अनुशासनहीनता, दण्डहीनता मौलाउँछ, अपराध र असुरक्षा बढ्छ । यस्तो बेला एउटा फौजी दस्ता हावी हुन खोज्छ र त्यही तत्त्वले उल्लेखित विकृतिलाई बढावा दिने काम गर्छ । फौजी रूपमै त्यसको समाधान गर्न उद्यत् हुन्छ त्यो तत्त्व, अर्थात् स्टालिनको आइडोलोजी हावी हुन पुग्छ मुलुकमा । अहिले हुन खोजेको पनि त्यही हो । यस्तो खतरनाक अवस्था या मौलाउँदो ‘फौजी सोच’लाई कसरी डिस्करेज गर्ने भन्ने पनि मेरो एउटा एजेण्डा हो ।
० यी त सबै राष्ट्रको चिन्ता गरेर अघि सारिएका एजेण्डा भए, पार्टीमा यसो गर्छर्ुुन्नेचाहिँ केही छैन तपाईंको –
– देशको एजेण्डा नै यतिबेला काङ्ग्रेसको एजेण्डा हो । काङ्ग्रेसबाहेक अरूले मुलुकको चिन्ता गरेको पनि देखिएन र गर्न पनि सक्दैन । तर्सथ, यस्ता विषयलाई काङ्ग्रेसले आत्मसात् गर्दै समस्या निकासका लागि पहल गर्नुपर्छ । हामी नेतृत्वमा पुग्नुपर्छ भन्नुको तार्त्पर्य पनि यही हो ।
० काङ्ग्रेस पार्टीमा सुधार गर्नुपर्ने केही देख्नुहुन्न तपाईं –
– मैले अघिसारेका एजेण्डाहरू म पार्टीको वर्किङ कमिटीमा राख्छु । जब पार्टीले यसलाई इम्प्िलमेन्ट गर्न खोज्छ, अनि स्वतः पार्टी चुस्त-दुरुस्त र स्फर्ूत हुन पुग्छ । उल्लेखित काम गर्नका लागि पार्टी चुस्त, सक्षम र दूरदर्शी नभई सम्भव नै छैन ।
० नेतृत्वको दाबी गर्ने युवा आकाङ्क्षीहरू यसपटक थुपै्र देखिएन नि, के भन्नुहुन्छ –
– यसलाई नकारात्मक रूपमा लिन चाहन्न म । पार्टीले दिएको अधिकार हो यो । पार्टीप्रति यसरी आकर्षण बढ्नु राम्रै कुरा हो, पार्टीका लागि यो ऊर्जा नै हो । तर, नेतृत्वको दाबी गर्नेले आफ्नो योगदान, योग्यता, अनुभव आदिबारे चाहिँ पक्कै सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ । मेरै कुरा गर्ने हो भने म अविच्छिन्न रूपमा २६-२७ वर्षदेखि काङ्ग्रेसको सक्रिय राजनीतिमा छु । तीन कार्यकाल लगातार जिल्ला सभापति भएँ, तीनपटक सांसद र ६ पटक त मन्त्री बनेरै अनुभव हासिल गरेँ । अब बल्ल केन्द्रीय सदस्यमा दाबी गर्दै छु । पार्टी र देशका लागि केही गर्न सक्छु भन्ने आँट र अठोट छ । हामीजस्ताको कदर पक्कै अब हुनेछ भन्ने विश्वास पनि राखेको छु ।
० अबको नेतृत्व युवाले गर्नुपर्छ भन्ने धारणाबारे तपाईंको प्रतिक्रिया के छ नि –
– युवाको जोस-जाँगर र योग्यताको पार्टीलाई अत्यन्त खाँचो छ भने अनुभवी पुस्ताको मार्ग निर्देशन र परिपक्वताको पनि उत्तिकै दरकार छ । यो दुवैको सम्मिश्रण तथा संयुक्त पहलकदमीबाटै काङ्ग्रेस अघि बढ्न सक्छ, बढ्नुपर्छ ।
० थोरै कुरा तपाईंको विभागीय जिम्मेवारीबारे पनि गरौँ न † वैदेशिक रोजगार पर््रवर्द्धन र त्यससम्बन्धी समस्या निराकरणबारे के गरिरहनुभएको छ –
– विगतको तुलनामा मेरो कार्यकालमा सन्तोष गर्न सकिने धेरै काम भएका छन् । जापानलगायत अन्य केही मुलुक रोजगारीको नयाँ गन्तव्यका रूपमा मेरै कार्यकालमा अगाडि आएका छन् भने रोजगारका लागि विदेश जानेको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ । बेरोजगारी हल गर्ने अरू उपाय नै देशसँग नभइरहेको अवस्थामा यति हुनु ठूलो कुरा हो, किनकि रेमिट्यान्स बढिरहेकोले राष्ट्रलाई टेवा पुगिरहेको छ ।
० रोजगारीका लागि विदेशिनेको सङ्ख्या मात्र बढेकोमा चित्त बुझाउन त सकिएला तर उनीहरूले विदेशमा भोग्नुपर्ने समस्याको सोधखबर लिएर राहत दिनेतर्फ पनि त विचार गर्नुपर्ला नि †
– यसमा श्रम मन्त्रालयले के गर्न सक्छ र – परराष्ट्रबाट खटिएको मिसनलाई रिक्वेष्टसम्म गर्न सक्छौँ हामी । एक्टिभ हुनुपर्ने त हाम्रा मिसनहरू हुन् नि † हर्ेर्नुपर्ने उसले हो । विदेशमा घटना घटेपिच्छे प्रतिनिधि पठाउन त सक्दैन श्रमले । अन्य देशका मिसनहरू यस्तो मामलामा अत्यन्त संवेदनशील हुन्छन् । आफ्ना नागरिकलाई केही पर्‍यो कि दौडेर पुग्छन्, तर हाम्रो मिसन यसमा कमजोरी देखाइरहेछन् ।
० अन्तमा, मधेसवादी दलहरूले जुन रूपमा आफ्ना तर्क र मुद्दा उठाइरहेछन्, यो कति जायज वा नाजायज छ –
– मधेसवादी दलहरू गलत गरिरहेछन् । मैले पटकपटक भनिरहेछु कि जहाँ लोकतन्त्र हुन्छ त्यहीँ अधिकारको कुरा आउँछ । लोकतन्त्रै नभए अधिकारको कुरै आउँदैन । तर्सथ यतिखेर सबैको सिङ्गो एजेण्डा भनेकै मुलुकमा लोकतन्त्रलाई दर्बिलोसँग स्थापना गर्ने र यसको स्थायित्वमा जोड दिने नै हुनुपर्छ । लोकतान्त्रिक संविधानको निर्माण गर्नु सबैको दायित्व हुनुपर्छ । तर, यहाँ त आफूलाई मधेसवादी भन्ने कोही भन्छन्, ‘मसग्र मधेस एक प्रदेश’ † म दाबीका साथ भन्छु कि मधेसका जनता ‘समग्र मधेस एक प्रदेश’ को पक्षमा छैनन् । म पनि मधेसमै बस्छु, मलाई थाहा हुँदैन । यो फगत नारा हो र यो नारा धेरै फितलो पनि भइसकेको छ । मधेसका जनताको चाहना भनेको राज्यका सबै निकायमा आफ्नो उपस्थिति हुनुपर्छ भन्ने हो । यो आवश्यक छ । सम्मानजनक उपस्थिति मधेसका जनताको चाहना र माग हो, समग्र मधेस एक प्रदेश भन्ने कुराहरू बकवास मात्र हुन् । मधेसका जनता कसैलाई ठेकेदार बनाउने पक्षमा छैनन् । हामी नेपाली हौँ, नेपाल समृद्ध र सुदृढ हुनुपर्छ भन्ने आममधेसीको आकाङ्क्षा हो ।

यो एकताको अधिवेशन हो -शोभाकर पराजुली -युवा नेता, नेपाली काङ्ग्रेस)
० काङ्ग्रेसको १२औँ महाधिवेशन सम्बन्धमा केही भनिदिनुहुन्छ कि –
– यो महाधिवेशन विभिन्न कारणले ऐतिहासिक छ । काङ्ग्रेसबीच भावनात्मक र सङ्गठनात्मक एकता भयो । त्यसलाई मतदाताको तहबाट एकता अझ बलियो भएको सन्देश दिनका लागि यो एकताको महाधिवेशन हो । यो अधिवेशनले विकास, भ्रष्टाचारको अन्त्य, गरिबी निवारण, जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा गर्दै अझ उपल्लो जीवनस्तरमा लग्ने, विभिन्न क्षेत्रमा विकास, समानता तथा रोजगारीको अवसरका लागि कार्य गर्नेछ । काङ्ग्रेसहरूमा इमानदारहरू र सबैलाई साथीको रूपमा हेर्नेहरूको पकड अझ बढेपछि नयाँ चरण सुरु हुन्छ । त्यो चरण भनेको क्रियाशीलता, जनतालाई लोकतन्त्र र समाजवादप्रति आस्थावान बनाउने र यसले राष्ट्रियतालाई बलियो बनाउँछ भन्ने भावना जागृत गर्नेजस्ता कार्यहरू अत्यन्त महत्त्वपूर्ण छन् । जनताको जीवनस्तर उठाउन, शान्ति कायम गर्न, जनतामा रहेको भयको अन्त्य गर्न, रोजगारीको अवसर सिर्जना गर्न यो महाधिवेशन कोसेढुङ्गा सावित हुनेछ ।
० जनताले चाहिँ यसबाट के आशा गर्ने –
– लोकतन्त्रको संरक्षणबाट काङ्ग्रेस जनताको मालिक होइन सेवक बन्ने दल हो र अरू दलहरू प्ानि त्यस्तै हुनुपर्छ भन्ने भावना जनतामा जाग्नेछ । कम्युनिस्टहरूले जति चर्का नारा लगाए पनि बहुलवाद नमान्ने हुँदा उनीहरूको विरोध गर्न पाइँदैन वा औचित्य रहँदैन र जनता उनीहरूका दास हुन्छन् । काङ्ग्रेस जनताको सेवक हो । जनताले यस्ता सेवकबाट धेरै आशा र भरोसा गर्न सक्ने अवस्था छँदै छ नि । गरिब जनता धेरै भएको देशमा गरिब जनताको हित गर्ने कुरा आउँछ नै । नेता बेइमान निस्के पनि जनताले त मत नदिएर सजाय गर्न सक्छन् । काङ्ग्रेसले त्यही कारणले पनि जनताको हित र चाहनाभन्दा बाहिर जाने कल्पना पनि गर्न सक्दैन । बहुदलीय व्यवस्थामा केही क्षमताभन्दा बढी आश्वासन दिने र जनताले पनि देशको क्षमतामा पूर्ण जानकारी नभएकोले अझ बढी आशा गर्ने तथा कम्युनिस्ट व्यवस्थामा जस्तो नभए पनि नेताहरूमा केही कमजोरी हुन्छ त्यसलाई हटाउने निकायहरू हुन्छन् । यी सबै कार्य शान्ति भएमा व्यवस्थित हुन्छन् र जनतालाई शिक्षित बनाएपछि कुनै पनि दलका नेताहरूले बेइमानी गर्ने सम्भावना अझ घटेर जान्छ । काङ्ग्रेसको लक्ष्यअनुसार जनताले यिनै कुराको अपेक्षा गरेका छन् ।
० काङ्ग्रेसले समाजवाद त छोड्यो, होइन –
– नेपालको एकमात्र समाजवादी दल भनेको नेपाली काङ्ग्रेस नै हो । समाजवाद प्राप्तिको रणनीति बदलिएको छ, त्यसैले भ्रम परेको हो, छोडेको छैन । समाजवादलाई काङ्ग्रेसले उत्पादन प्रक्रिया मान्दैन, यसले वितरणको अत्यधिकता र समानतालाई समाजवाद मान्छ र जनताको सम्पत्ति लुटेर समानता होइन सबैलाई बराबरी सम्पत्ति दिएर समाजवादमा पुग्ने लक्ष्य लिएको छ । यसमा माओवादी र केही हदसम्म एमालेसमेतले बाधा दिएका थिए र छन् ।
० तपाईंले केन्द्रीय सदस्यमा चुनाव जित्ने आधार के हुन् –
– मैले विचारलाई प्रस्ट राख्ने गरेको छु । आतङ्कवादको विरोधमा ज्यानको बाजी लगाउन तयार छु । शान्तिको प्रत्याभूति हुनुपर्छ र त्यसो भएमा नेपाल र नेपालीलाई छोटो समयमा नै समृद्ध र गरिबीबाट मुक्त बनाउने मसँग प्रस्ट खाका छ । सबै काङ्ग्रेस साथीहरूलाई संस्थागत रूपमा अप्ठेरोमा र आवश्यकतामा हेर्ने, समान व्यवहार गर्ने सोचलाई व्यवस्थित बनाउने खाका पनि मसँग छ । यसैकारणले साथीहरूको माया पनि पाएको छु । मेरो प्रतिस्पर्धा कुनै साथीहरूसँग छैन, काङ्ग्रेसको लक्ष्यमा अगाडि बढेर देश र जनताको हित गर्नुपर्छ र यसका लागि मलाई अवसर दिनुहोस् भन्नेमा छ ।
० तपाईं कुन प्यानलको पर्नुभयो –
– अहिले पदाधिकारीमा नाम आएकाहरू सबै मैले मान्नुपर्ने, आदर गर्दा मैले गौरव गर्ने नेताहरू हुनुहुन्छ । म सदस्यमा उम्मेदवार छु । अहिले भन्नुपर्दा काङ्ग्रेसमा प्यानलभन्दा पनि आउनैपर्ने नेताहरू बिनापूर्वाग्रह आउने वातावरण हुनुपर्छ । क्षमतावान र इमानदार तथा क्रियाशील र सबै काङ्ग्रेसलाई कार्यकर्ता होइन साथीको रूपमा हेर्नेहरूले विजय प्राप्त गर्नुपर्छ भन्ने मेरो धारणा छ । मेरो प्यानल नै त्यसरी नै बुझे भयो ।
० अब काङ्ग्रेसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने लाग्छ –
– युवा, जनजाति, महिला, आदिवासी, कथित दलित, अल्पसङ्ख्यक, विभिन्न पेसा र व्यवसाय एवम् समुदायका साथीहरूको व्यापक सहभागिता काङ्ग्रेसमा देखिएको छ । यसले त के लाग्दछ भने नेपाली दिदीबहिनी-दाजुभाइमा यति सजगता आएको छ कि हामी हिजो ध्वंसमा लागेका हातहरू र पीडामा रहेकाहरूलाई अवसर, समानता, एकताको माध्यमबाट देशका लागि लगाउँछौँ । देशको विकास र गरिबीको अन्त्य त अब हुन्छ नै । किनकि, काङ्ग्रेससँग योजना छ । जनता विशेषतः युवाहरूसँग जोस, जाँगर र बुद्धि छ र प्रौढहरूसँग अनुभव र विचार छ । त्यसैले काङ्ग्रेस अब युद्धस्तरमा अगाडि बढ्दछ, तर यसका लागि हामी सजग र इमानदार हुनैपर्छ र हुन्छौँ ।
० काङ्ग्रेसमा युवा पुस्ताको भूमिकाको कुरा पनि आइरहेको छ, यसमा तपार्इंको दृष्टिकोण के हो –
– अब युवाले क्रमशः देश हाँक्नुपर्छ । युवाले नै गलत बाटोमा गएका युवाहरूलाई सही बाटोमा ल्याउन सक्छन् । देश विकास र समानतामा सबैभन्दा बढी योगदान दिन सक्छन् । सबै समुदायमा युवा-युवतीहरूलाई नै प्राथमिकता दिनुपर्छ ।
० तपाईंले सोचेका नेपाल र काङ्ग्रेस कस्ता हुन् –
– अभाव नभएको, सबैलाई खान, बस्न, औषधि गर्न, पढाउन, आधुनिक अवसरहरूको प्रयोग गर्न, समान छु भन्ने प्रस्ट महसुस हुन सक्ने नागरिकहरू बसेको विकसित नेपाल र त्यसका लागि काम गर्ने काङ्ग्रेस नै मेरो सोच हो ।

द्वन्द्व-आतङ्कपीडितहरूको प्रतिनिधित्व गर्न चाहन्छु -मुक्ति आचार्य -अध्यक्ष, आतङ्कपीडित टुहुरा समाज)
० बाह्रौं काङ्ग्रेस महाधिवेशनमा तपाईं आफूलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउँदै हुनुहुन्छ । तपाईंको उम्मेदवारी केका लागि –
– माओवादीले सशस्त्र व्रि्रोहका नाममा १० वर्ष देशमा द्वन्द्व मच्चाउँदा १५०० काङ्ग्रेस कार्यकर्ताले ज्यान गुमाउनुपर्‍यो, हजारौं विस्थापित हुनुपरेको छ भने कैयनका सम्पत्ति लुटिएका छन् । यसरी द्वन्द्वको पीडाले छटपटाएकाहरूलाई आफ्नै पार्टीले समेत न्याय गर्न सकिरहेको छैन भन्ने आवाज देशभरिबाट उठिरहेको छ । माओवादीबाट मारिएका सहिद परिवारबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने साथीहरू पनि प्रशस्तै छन् । पार्टीको केन्द्रीय समितिमा हामीजस्ता द्वन्द्वपीडित सहिद परिवारको पनि प्रतिनिधित्व भइदिए हाम्रा जायज मागको सम्बोधन हुन सक्थ्यो भन्ने उहाँहरूको आवाज छ । त्यस्ता साथीहरूको आग्रह र पार्टीका नेता तथा शुभचिन्तकहरूको सुझावअनुसार मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ ।
० तपाईंहरूजस्ता द्वन्द्वपीडितहरूलाई पार्टीले हर्ेर्नुपर्ने हो कि राज्यले नै विचार पुर्‍याउनुपर्ने हो –
– राज्यको दायित्व त छँदै छ तर पार्टीका सदस्यहरू, जो काङ्ग्रेस भएकै कारण यस्तो पीडा सहन बाध्य भएका छन्, टुहुरा बनेका छन्, सम्पत्ति खोसिएका छन् र विस्थापित बन्नुपरेको छ, यस्तालाई पार्टीले विचार नगरिदिए राज्यले झन् उपेक्षा गर्न सक्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विचारबाट क्रियाशील भएकै कारण मारिनुपरेको छ भने यसमा पार्टीले सम्मानका साथ प्राथमिकतामा राखेर यस्ता द्वन्द्वपीडित परिवारको ख्याल राख्नुपर्ने हुन्छ । यही एजेण्डालाई पार्टीमा स्थापित गराउन मेरो उम्मेदवारी आवश्यक परेको हो । पार्टीले पहिले नहेरे राज्यले न्याय दिनेतर्फ ढिलाइ गर्दोरहेछ भन्ने हाम्रो अनुभव र अनुभूति छ ।
० पार्टी किन यस्तो निष्ठुरी बनेको होला –
– पार्टीले पटक्कै हेरेको छैन त म भन्दिनँ, केही हेरेकै छ, तर पर्याप्त छैन । अरू पार्टीले आफ्ना कार्यकर्ता, पीडित र सहिदका बारे अत्यन्त अडान लिएर काम गरेको देखिन्छ, तर यसमा काङ्ग्रेसचाहिँ केही सुस्त नै देखिएको छ । आफ्ना कार्यकर्तालाई संरक्षण, सम्मान र अवसर दिने मामलामा काङ्ग्रेस पछि परेकै छ जुन प्रवृत्तिमा परिवर्तन आउनुपर्छ । कार्यकर्ता भनेका पार्टीका मूल पुँजी हुन् । यिनमाथि न्याय गर्न नसके भोलि पार्टी नै धराशायी बन्न सक्छ । त्यसैले हामीजस्ता युवा अग्रसर भई नेतृत्वसम्म पहुँच बनाउने आवश्यकता परेको हो ।
० द्वन्द्वपीडितहरूका लागि पार्टीले केन्द्रमा कोटा दिएको छ –
– छैन, दिनुपर्ने हो तर यसमा समयमै पार्टीले ध्यान पुर्‍याउन सकेन । नेताहरूले ‘रियलाइज’ चाहिँ गरेका छन् । यो नभएकोले मैले भेरी अञ्चलबाट उम्मेदवारी दिने निर्णय गरेको हुँ । त्यसमाथि मेरो जिल्ला जाजरकोट पिछडिएको जिल्लामा पनि पर्छ । म विजयी भएँ भने पार्टीको नीति-कार्यक्रम द्वन्द्वपीडित परिवारका लागि ठोस कार्यक्रमहरू तर्जुमा गरी लागू गराउन पूरापूर भूमिका निर्वाह गर्नेछु ।
० पार्टी अब नीतिमुखी हुनेमा कत्तिको विश्वास छ तपाईंलाई –
– अहिलेसम्म ‘नेतामुखी’ भन्ने आक्षेप लागेकोमा पार्टी बाह्रौं महाधिवेनपछि नीतिमुखी हुनेमा म विश्वस्त छु । हामीजस्ता लाखौँ युवाहरूको दबाब छ पार्टीलाई ।
० युवाको जोडले मात्र चल्छ त अबको काङ्ग्रेस –
युवाको आफ्नै भूमिका हुन्छ भने पुराना अनुभवी नेताहरूको खाँचो पनि त्यत्तिकै दरकार पर्छ । युवाहरूको जोस-जाँगर र अग्रजहरूको अनुभवको मिलाप भयो भने -काङ्ग्रेसले छुट्टै वेग लिनेछ । काङ्ग्रेस भनेको विचारले लड्ने पार्टी हो, यसका लागि पुरानो र नयाँ पुस्ताको सहकार्य जरुरी हुन्छ ।

काङ्ग्रेस सभापति अब को –
अब पार्टी एक भएर जान्छ -डा. प्रकाशशरण महत -ऊर्जामन्त्री तथा नेता, नेपाली काङ्ग्रेस)
० काङ्ग्रेसको बाह्रौँ महाधिवेशनको सन्देश के –
– फुटेर फेरि जुटेको काङ्ग्रेसको यो महाधिवेशन एकताको महाधिवेशन हो । नयाँ नेतृत्व चुन्नेमा मात्र यो अधिवेशनको महत्त्व नरहेर काङ्ग्रेसको गौरवशाली इतिहास जागृत गराउनु पनि यो महाधिवेशनको सन्देश हो ।
० अब सभापति को होलान् त तीन उम्मेदवारमध्ये –
– पार्टीपङ्क्तिमा परिवर्तनको आवश्यकता महसुस भइरहेको छ, यही हिसाबले नेता छानिन्छन् । यसरी हेर्दा शेरबहादुर देउवाको सम्भावना बढी छ ।
० शेरबहादुर-खुमबहादुर गठबन्धन
किन –
– यसलाई गठबन्धन भन्न मिल्दैन । पार्टीभित्रको प्रजातान्त्रिक अभ्यासअर्न्तर्गतको एउटा पाटो हो । पार्टीको चाहना नै हो यो । यसलाई स्वस्थ रूपमा लिनुपर्छ ।
० अब काङ्ग्रेस एक भएर जाला त –
– एक भएर जानुको विकल्पै छैन ।

देउवा विजयी बन्ने निश्चित छ -मोहनबहादुर बस्नेत -सभापति, सिन्धुपाल्चोक जिल्ला काङ्ग्रेस)
० काङ्ग्रेसको बाह्रौं महाधिवेशनको राम्रो पक्ष के हो –
– समावेशी ढङ्गबाट पार्टी अगाडि बढेको छ र युवापुस्ताले अत्यधिक रूपमा नेतृत्व गरेर गाउँ-क्षेत्रबाट आएको अवस्था छ । काङ्ग्रेस चुस्त ढङ्गमा अघि बढ्ने सवालमा यो अत्यन्त सकारात्मक छ ।
० अब पार्टी सभापतिमा को विजयी हुनुहोला –
– शेरबहादुर देउवाले चुनाव जित्नुहुन्छ ।
० यसका आधार के-के हुन् –
– सबैलाई मिलाएर लैजान सक्ने क्षमता छ उहाँको । विपक्षीलाईसमेत मिलाएर सरकार चलाएको व्यक्ति हो उहाँ । माओवादीबाट देशभर लोकतन्त्रवादीहरू आज आक्रान्त छन्, माओवादीलाई सके मिलाउने नसके पेलेर जाने विशेषता उहाँमा देखिएको छ । त्यसमाथि उहाँलाई खुमबहादुर खड्काजस्ता नेताको साथ छ । बाहिर-भित्र सबै मिलाउनुहुन्छ उहाँले । उम्मेदवार चयन अत्यन्त समावेशी र सन्तुलित भएकोले पनि उहाँको जित्ने आधारमा चारचाँद लागेको छ ।

एकताबद्ध ढङ्गमा अघि बढ्नु अपरिहार्य -रिता खनाल-युवानेत्री, नेपाली काङ्ग्रेस)
० केन्द्रीय सदस्यमा तपाईंको उम्मेदवारी किन –
– काङ्ग्रेस मुलुकको जेठो लोकतान्त्रिक पार्टी हो । यस्तो गौरवशाली पार्टीको साङ्गठनिक अवस्था, आन्तरिक लोकतन्त्रजस्ता विषयमा सवाल उठिरहेको छ । मुलुकमा
युवा ब्रेन-ड्रेन भएको अवस्था छ । यस्ता संवेदनशील मुद्दामा पार्टीलाई संवेदनशील तुल्याउन पनि मेरो उम्मेदवारी हो ।
० तपाईं कुन प्यानलबाट लड्दै हुनुहुन्छ –
– म एक इमानदार काङ्ग्रेस कार्यकर्ता भएकीले ‘काङ्ग्रेस’बाटै लड्दै छु । पार्टीभित्रको ध्रुवीकरण मेटाएर एक भई अघि बढ्नु आजको आवश्यकता हो ।
० तपाईंको समर्थन कुन नेतालाई –
– सबै नेता योग्य र आदरणीय हुनुहुन्छ । आ-आफ्नै विशेषता र योगदान पनि छ उहाँहरूको । त्यसबारे सोच-समझ पुर्‍याएर मतदान गर्नेछु ।
० कुन पदमा उम्मेदवारी दिनुहुन्छ –
– महिलाको ६ वटा कोटा जो छ त्यसैबाट देशभरका श्रमिक वर्गको प्रतिनिधित्वसमेत हुनेगरी म उम्मेदवारी दिँदै छु ।

पार्टीलाई शेरबहादुरको खाँचो छ-कर्णबहादुर मल्ल-डडेलधुरा काङ्ग्रेस जिल्ला सभापति)
० काङ्ग्रेसको बाह्रौं महाधिवेशनको मुख्य विशेषता के हो –
– साङ्गठनिक रूपमा काङ्ग्रेसलाई मजबुत बनाउने र आमूल परिवर्तन गर्ने नै मुख्य विशेषता हो यो महाधिवेशनको । आमतहको आकर्षण चाहिएको छ पार्टीप्रति अब ।
० व्यापक प्रतिस्पर्धा देखिएको छ नि पार्टीमा यसपटक, यसले फाइदा गर्ला कि बेफाइदा –
– यो सकारात्मक कुरा हो । यसले फाइदा नै गर्छ ।
० अब सभापति को होला –
– शेरबहादुर देउवाको सम्भावना प्रबल छ । उहाँ देशकै लागि आवश्यक र अनुभवी नेता हुनुहुन्छ ।
० पार्टी एक हुन्छ त अब –
– पार्टी एक नै छ र अब झन् एकताबद्ध र मजबुत भएर जान्छ ।