तिम्रो आँसु-म घाम रुन सकिनँ

तिम्रो आँसु-म घाम रुन सकिनँ


– रामेश्वर राउत मातृदास
कोखामा दाँत घुम्रेका
टाउकोमा पुच्छर उम्रेका
कोमल सिमलको भुवा जोडजाम गरेर
आङभरि झपक्क ओढेका,
खतरनाक यी विवेकहीन निर्दयी काला र्सपहरू
सृष्टिको शिर/सहनशील पन्छीको गुँडमा
ज्रि्रो मिठ्याँदै ध्यानास्त छन् साधुबिरालाहरू
र, सत्यको वृक्ष चुँड्ने/दाउ हेरिरहेका छन्
आफ्नै आमा सिकारीहरू †

भष्मासुरको दारुणता देख्न नसकेर
सम्पूर्ण आशीर्वाद तथास्तु दिने त्रिपुरेश्वरलाई नै
भष्मखरानी उडाएर सर्वशक्तिमान हुने
कृतघ्न/कलमुन्टे छेपाहरू,
बाहिर/बाहिर बराबराको चन्द घोटेर
भित्रभित्रै आफैंलाई पे्रमधारा वषर्ाउने सर्वेश्वरकै
कोमल मुटु/कलेजो खान तम्सिरहेका छन् हब्सिलाहरू †

मौन छन् चुपचाप समयश्वर
कहिल्यै अत्तालिँदैनन् धैर्यधाम त्रिपुरासुन्दरी धुन
आफ्नै शिरको पाउ टोकेर रमाइरहेको यो युग
ए ˜ अञ्जनासुत पावन जून †
यी ऐरावत हात्ती र वायुपङ्खी घोडाहरू
सत्य र न्यायको यो अदम्य सुमेरु पर्वत,
गरुडपन्छी सप्तसागर सामर्थ्य बोकेर
आउनैपर्छ तिमी आऊ †
भयहरम् बन्धेश्वरको अविरल पुकार गरि्छन् आमा
हरदम अनन्तधून गुञ्जिरहू लक्ष्मीनारायणम् †
मनको हिमाल गङ्गाको मुहार
तिम्रो मुस्कान सृष्टिको दुवार

छचल्किन्छन् किन आँसु नयन नदी बनी
बसेका छन् शिखरहरू दिन गनी/गनी
मनको आँसु मनैको मसी भो
वनको भाषा भनिदेऊ बुझछ को –

आकाशको छाती पनि चर्की चरचरी
फूलको नयन जूनको जीवन रुन्छन् धरधरी
यो तन तिम्रै धड्कनको सलबल
तिमीबिना बग्दैनन् कलकल

हुनुहुनाउँदै चलिरहेछ बाटै धरमर आँधी
बसेको छु दिव्य पुकार दृढ आसन बाँधी
मनको हिमाल झुक्दैनन् एकरति
अन्धकार भो आऊ तिमी जगज्योति

हे ˜ सर्वेश्वर/पर्वतेश्वरी †
तिम्रो देदिप्य मुहार मलीन भएको,
कहिल्यै खप्न सक्दिनँ म ज्यालामुखी †
बादल गर्जेको छैन सहकालको
न पानी वर्षोको छ अमृत/उन्नतिको,
कठै † खपिनसक्नु बाढी उर्लिरहेका छन् त्रि्रा कोमल नयनहरू
आज म कुन फूलले तिम्रो आँसु पुछूँ –
मेरो जीवन तिम्रो धड्कन,
उप्रान्त रोएर केही हुन्न हरक्षण/पलपल
ऋषितुल्य तपस्याले अग्लिरहेका अदम्य हिमालयहरू
जाज्वल्यमान अग्निज्वाला दन्किरहेका छन्
र, अग्निको छातीमा टेक्ने आततायी प्रयास,
स्वीकार्य हुने छैन स्वाभिमानलाई कुनै युग †

यी नक्कली सङ्घर्षका खौलाहरू कुल्चेर
शिखर समृद्धि अग्लिरहन्छन् जवानीहरू,
तिम्रो आँसु उप्रान्त म घाम रुन सक्दिनँ
रातलाई अङ्गालो हालेर
यात्रा अवरुद्धक यी तगाराहरूलाई
जुनले चुम्बन गरिरहन्छ श्रीरामको मन †

ए˜ पर्वतेश्वर †
उप्रान्त तिमी आऊ मुस्कुराउन हरदम यी शुरभी ओठहरूमा
अब भयको भङ्गालो बाँकी छैन मन
पे्रमको अङ्गालो बाँसुरी चुमेर
म तिमीलाई यो अदम्य/अनन्द आकाशमा
जगाइरहन्छु शिखरलिङ्ग †

अहा, सौन्दर्यपूर्ण तिम्रो आगमन †
मनको आँगन पूरै धरती,
मारुनी/पुरुसुङ्गे छमछमाई नाचिरहन्छन् मनहरू
पिनाक उठ्छन्/धनुषवाण सारङ्गा
आग्न्यास्त्र तम्तयार छन्
र, आँसु तर्किन्छ अब न्यायिक युग फर्किन्छ अवश्य †

उछिटि्टएको ढुङ्गो म – किरण श्रेष्ठ ँप्रभु’
कुट्किएर उछिटि्टएको ढुङ्गा हुँ म
कहाँ मूर्तिका स्थान पाउन सक्छु र –

हावा-हुरीले लतारी ल्याएको हाँगो हुँ म
म कसरी सहाराको खम्बा हुनसक्छु र –

फुटेर खसेको ऐनाको त्यो टुक्रो हुँ म
प्रतिविम्बको प्रतिनिधित्व कहाँ गर्न सक्छु र –

नदीले पन्छ्याई किनारमा छोडिएको बालुवा हुँ म
कसरी नदी सँगसँगै स्वतन्त्र बग्न सक्छु र –

प्रियसीले त्यागेको त्यो दुःखी धड्कन हुँ म
बेदनाका ज्वालाहरू लिएर कतिन्जेल बाँच्न सक्छु र –

कुट्किएर उछिटि्टएको ढुङ्गा हुँ म
कहाँ मूर्तिको स्थान पाउन सक्छु र –
– पेप्सीकोला, काठमाडौं