टेलिकमको इन्टरनेट चार गुणा सस्तो

टेलिकमको इन्टरनेट चार गुणा सस्तो


नेपाल टेलिकमका एडीएसएल प्रयोगकर्ताले पहिलेको तुलनामा अझ कम मूल्यमा तीन गुणा बढी गतिसहितको इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् । टेलिकमले सोमबारदेखि लागू गर्ने ‘प्रमोशनल अफर’ अन्तर्गत करसहित मासिक एक हजार रुपैँयाँमा एक एमबीपीएस (१०२४ केबीपीएस) सम्म गतिको इन्टरनेट उपलब्ध गराउने जनाएको छ । यति नै क्षमताको इन्टरनेटको लगि यसअघि १७ सय रूपैयाँ तिर्नुपर्दथ्यो । नब्बे दिनसम्म लागू हुने यस योजनाको लाभ पुराना ग्राहकले समेत उठाउन सक्ने टेलिकमले जनएको छ ।

टेलिकमले भोलुममा आधारित एडीएसएल इन्टरनेटको मूल्य पनि करिव चार गुणा घटाएको जनाएको छ । यीलगायत आफ्ना अन्य सेवामा पनि व्यापक सहुलियत दिइएको र सेवामा गुणस्तर वृद्धि गरेको कम्पनीले जनाएको छ ।