कैले रोकिन्छ सार्वजनिक यातायातको बेथिती ?

कैले रोकिन्छ सार्वजनिक यातायातको बेथिती ?


यात्रुबाट तोकिएको दरभन्दा बढि भाडा असुल्ने, यात्रुलाई दुब्र्यबहार गर्ने, भाडा कटाएपछि बाँकी रकम फिर्ता नगर्ने जस्ता समस्याबाट यात्रीहरु पीडित हुँदै आएका छन् ।

ललितपुर – लतिलपुर घुसेलका संगीता तामाङ काठमाडौंस्थित एक घरमा लुगा धुने, बालबच्चा स्याहारसुसार गर्ने काम गर्छिन ।

चापागाउँ बस्ने उनी बेलुका काम सकेर लनगनखेल बसपार्क आइपुग्दा ८ बच्छ, नियमअनुसार बासपार्कमा ८ बजेसम्म गाडी हुनुपर्छ ।

तर प्रायः नभेटिने गरेको उनको अनुभव छ ।

माईक्रोबस भेटिने त कुरै छाडौं उनले भनिन् – बस कहिलेकाहीं मुस्किलले मात्रै भेटिन्छ । त्यो पनि खुट्टा टेक्ने ठाउँ हुँदैन ।

उनले गाडी भेटिएको समयमा ढोकामा झुण्डिएर कष्टकर यात्रा गर्न बाध्य हुने गरेको सुनाईन् ।

‘गाडी नभेटिएको अवस्थामा लगनखेलदेखि सातदोबाटोसम्म हिँडेर आउछु’, उनले भनिन् – त्यहाँबाट मोटरसाईकल, मिनि ट्रक जे भेटिन्छ त्यसैमा लिफ्ट मागेर आउँछु ।,

यो खबर आजकोकान्तिपुरदैनिकमाप्रशान्त मालीले लेखेका हुन् ।