‘किष्किन्धाका बाँदरहरुसँग मित्रता गरेर रामसँग लड्न सकिँदैन’

‘किष्किन्धाका बाँदरहरुसँग मित्रता गरेर रामसँग लड्न सकिँदैन’


चीन भ्रमणपछि नेपाल फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर दैनिकसँग कुराकानी गरेका छन् । उनले गरेको कुराकानीको केही अंश :

काँग्रेसबारे :

कांग्रेसले संविधान सभाको दोस्रो चुनावपछि संविधान बनाउन हामीले सरकारको नेतृत्वमा पुर्याउन समर्थन गर्यौं उससँग बहुमत थिएन । कांग्रेसले हामीलाई संविधान बनेपछि समर्थन गर्छौं भन्यो । यो उसको आफ्नै प्रस्ताव थियो । त्यसपछि संविधान जारी भयो तर, उसले इमान छाड्यो ।

र, अर्को सिद्धान्त प्रतिपादन गर्यो अब प्रमुख पार्टीहरु मिल्नुहुँदैन भन्न थाल्यो । अनि उसले एमालेबाहेकका शक्तिलाई लिएर एमालेविरुद्ध मोर्चाबन्दी गर्ने नीति लियो । किष्किन्धाका बाँदरहरुसँग मित्रता गरेर रावणसँग लड्न सकिएला, रामसँग सकिँदैन । यो कुरा कांग्रेसले बुझे हुने हो ।

०००

देशलाई असोज १८ मा कसले पर्यायो ? माघ १९ कसले ल्यायो ? जनयुद्धका नाममा माओवादी हिंसाको वातावरण कुन सरकारले बनायो ? देशका उद्योग धन्दाहरु कमिसनका भरमा निजीकरणका नाममा कौडीको मोलमा बेचेर देशको अर्थतन्त्र उसले कहाँ पुर्यायो ? यसले देशलाई कति फाइदा भन्ने तथ्यांक कांग्रेसका अर्थशास्त्रीहरुले देखाउनुपरयो । निजी क्षेत्रलाई प्रोत्साहन गरियो कि भ्रष्ट बनइयो ? कांग्रेसले यस्तै खालका काम गर्दै आएको छ ।

०००
एकादेशको कहानी, दन्त्यकथाजस्तो पार्टी भएको छ कांग्रेस । यसको न कुनै विचार, नीति, उदेश्य वा आदर्श न देशवासी र देशको समस्याप्रति चिन्ता नै । उहिले नै लटरम्म फलेको आपको बुढो रुख थियो होला । उहिले ग्रीष्म ऋतुहरुमा स्वादिष्ट फल दिएको हुँदो हो । म आजको वृद्ध वृक्षको कुरो गरिरहेको छु । अहिले त कांग्रेसले सामथ्यृ मात्र होइन, औचित्य पनि गुमाएको छ ।

०००

राप्रपाबारे

सेती र काली मिसिएपछि त्यस्तै हुन्छ । कहिले काली काली देखिने, कहिले सेती सेती देखिने । कहिले कालीतिरबाट बाढी आउँछ । बहिले सेतीतिरबाट बाढी आउँछ, सेती हो कि जस्तो लाग्छ । भउको त्यही हो ।

०००

माओवादीबारे

माओवादीलार्इ मैले नावाकाद (नामको वामपन्थी कामको दक्षिणपन्थी) पार्टीको रुपमा हेरेको छु । उसको नीतिगत स्पष्टता, स्थिरता, लक्ष्य, उदेश्य, कर्तव्यको निर्दिष्टता केही पनि छैन । कसको भोजमा जाने भन्दा जता बढी खान पाइन्छ, त्यता जानेजस्तो देखिन्छ । त्यसैले विघटनको कुरा आएको हुन सक्छ ।