हुण्डी कारोबार नियन्त्रण बाहिर

हुण्डी कारोबार नियन्त्रण बाहिर


अस्थिर सरकार र बैंकमा बढ्दो तरलताको मौका छोप्दै केही हुण्डी कारोबार गर्नेको समुह पुनः सलवलाउन थालेका छन् । लामो समयदेखि हुण्डीको कारोबार गर्ने र नयाँ हुण्डी कारोबारमा संलग्न रहेकाले अबैधरुपमा रकम विदेश पठाउने कार्यले तीब्रता पाएको छ । सो कारोबारलाई नियन्त्रण गर्न विभिन्न योजना ल्याएपनि सरकारी कर्मचारीकै सहयोगमा नियन्त्रण बाहिर रहेको छ ।  प्रहरीले काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोबार गरी राजस्व छली गरिरहेकालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएपछि सो कारोबारमा तीब्रता पाएको खुलेको हो । विभिन्न स्थानबाट एक करोड ७२ लाख ३७ हजार ५ सय रुपैयाँ र भारु १ लाख सहित पक्राउ परेपछि अबैधरुपमा हुण्डीको कारोबारमा बृद्धि भएको देखिएको छ ।

न्यूरोडको अनु ट्रेडिङका सञ्चालक भारत राजस्थानका पवनकुमार अग्रवाल सहित ६३ लाख ५० हजार रुपैयाँ, प्युखास्थित विन्देश्वरी ब्याग एन्ड रेडिमेड उद्योगका सञ्चालक हाल सिरहा बरियापट्टी बस्ने गोविन्दमान श्रेष्ठको साथबाट १० लाख, भारु एक लाख र विभिन्न बैंकका ४९ थान चेक ४९ सहित र १८ लाख रुपैयाँका साथ कारोबार गर्न आएका नुवाकोट, चौघडाका कुमार राईको साथबाट बरामद भएपछि हुण्डी कारोबार नियन्त्रणभन्दा बाहिर गएको प्रष्ट भएको छ ।

त्यसैगरी, १९ लाख ७१ हजार ५ सय रुपैयाँ सहित कामपा–२४ स्थित माई पाथीभरा ट्रेडर्सका सञ्चालक तथा हाल झापा, शनिअर्जुन बस्ने निर्दाेष प्रसाईं, ३२ लाख ५० हजार रुपैयाँकासाथ सोही ट्रेडर्समा कारोबार गर्न आएका हाल सिन्धुपाल्चोक बाह्रबिसेका राजन पौडेल, ११ लाख ५० हजार रुपैयाँ सहित कारोबार गर्न आएका रामेछाप, प्रीतिका टलबहादुर तामाङ, १२ लाख रुपैयाँ सहित हाल झापा, राजगढ बस्ने अमित खरेल र पाँच लाख १६ हजार रुपैयाँका साथ झापा, दमक बस्ने रोहित दुलाललाई प्रहरीले पक्राउ गरेसंगै हुण्डीको विकराल अबस्था बाहिर आएको हो ।

आर्थिक वर्ष २०७२/०७३ मा मात्रै अपराध महाशाखाले ३२ जना हुण्डी कारोबारी विभाग पठाएको थियो । ती हुण्डी कारोबारीमाथि कारबाही के भयो भन्ने कुनै रेकर्ड विभागमा रहेको छैन् । सो हुण्डी कारोबारमा पक्राउ परेका बारे विभागमा सम्र्पक राख्दा सो बारे केही जानकारी नभएको छोटो जवाफ दिने गरेका छन् । गतको वर्षको असोज ६ गते राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरी विभाग पठाएका हुण्डी कारोबारी न्युरोड खिचापोखरीमा रहेको मिलाप चन्द जैनका सञ्चालक शंकरलाल कोठारीको साथबाट प्रहरीले १८ लाख ५० हजार ९ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको थियो ।

त्यसैगरी, नुवाकोट घरभएका नर्थ प्वाईन्ट मनि एक्चेन्जका सञ्चालक राजाराम पाण्डेको साथबाट ५९ लाख, ओम मनि एक्चेन्जका सञ्चालक ३ राकेश बैद्यको साथबाट ३ लाख १९ हजार ६ सय ८५ रुपैयाँ खिचापोखरीको आरबी कम्प्लेक्समा रहको निलगिरी प्रालिका सञ्चालक किरणकुमार गुरुङको साथबाट ८८ लाख ३५ हजार पाँच सय रुपैयाँ, सुन्धाराको देउराली मनि एक्चेन्जका सञ्चालक नवराज गुरुङको साथबाट ३६ लाख ५३ हजार एक सय ८५ रुपैयाँ, सुन्धाराको देउराली ट्राभल्स एण्ड टुर्स प्रालिका म्यानेजर जेवाल हकको साथबाट युएस डलर सात सय ११ रुपैयाँ सहित पक्राउ गरेको थियो ।

त्यसैगरी, केशरी चन्दको साथबाट १६ लाख रुपैयाँ, नन्दुकुमार मरगको साथबाट २ लाख ६६ हजार पाँच सय रुपैयाँ, एक तोला ४४ लाल सुन र एक सय ९४ तोला ८ लाल चाँदी, न्युरोडमा रहेको कंगारु एक्सप्रेस सर्भिस प्रालिका सञ्चालक रविन्द्र सुवेदी र पृथ्वीबहादुर रावतको मनि एक्सचेन्जबाट ३८ लाख ६ हजार पाँच सय रुपैयाँ सहित पक्राउ गरेर कारवाहीका लागि विभागमा बुझाएको थियो ।

त्यसैगरी, निकिदिभा ट्रेडर्सका सञ्चालक सुरेन्द्र गोयलको साथबाट ५० लाख ६५ हजार एक सय ५० रुपैयाँ र भारतीय एक लाख रुपैयाँ, भारत राजस्थान चरु घर भई काठमाडौं बसन्तपुर बस्ने सत्यप्रकाश शर्माको साथबाट १५ लाख १३ हजार पाँच सय रुपैयाँ, भारत राजस्थानका आकाश बेदको साथबाट १२ लाख ६६ हजार रुपैयाँ, उनी पनि निकिदिभा ट्रेडर्सका क्यासियरमा कार्यरतलाई समेत पक्राउ गरि विभाग बुझाईएको थियो । कुवँर प्रभु मनि ट्रान्सफरका सञ्चालक डिलबहादुर कुँवरको साथबाट तीन लाख ४२ हजार पाँच सय, अग्रवाल भारत राजस्थानको चुरु घर भई न्युरोडमा बस्दै एन्जल्स प्रालिका सञ्चालक शंकरलाल चनानी अग्रवालको साथबाट एक लाख ९२ हजार पाँच सय, नुवाकोटको खानिगाँउ–४ घर भई ढकाल एन्जल्स प्रालिका क्यासियर निरञ्जन ढकालको साथबाट २९

लाख ५० हजार, बर्दिया मगडागढी–९ घर भएका एन्जल्स प्रालिका क्यासियर डिल्ली बस्नेतको साथबाट एक लाख ५० हजार, तनहुँ व्यास–९ घरभई एन्जल्स प्रालिका क्यासियर अर्जुन कंडेलको साथबाट ६ लाख रुपैयाँ, गोरखा, बोर्लाङ्ग–५ घर भई टोखामा बस्दै आएको राजकुमार श्रेष्ठको साथबाट दुई लाख १२ हजार रुपैयाँ सहित पक्राउ परेका थिए । दोलखा, काभ्रे–५ का एन्जल्स प्रालिमा कार्यरत फुर्वा शेर्पाका साथबाट १२ लाख, भारतको राजस्थान, जयपुर घर भई पूर्ण लक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक अरुण सावरथिया अग्रवालसमेत हुण्डीको कारोबार गदै गर्दा पक्राउ परेको थिए उनीहरुलाई थप कारवाहीकालागि विभाग बुझाएको भएपनि अहिले सम्म के कारवाही भयो त्यसको जानकारी विभागकै कर्मचारीलाई नभएको बताइका छन् ।

ओखलढुंगा, पोकली–४ घर भएका पूर्णलक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक उदयकुमार शर्माको साथबाट २० लाख, नुवाकोटको महाकाली–२ घर भई न्यू मारुती इन्टरनेश्नलका क्यारियरमा कार्यरत कृष्णप्रसाद खतिवडाको साथबाट आठ लाख ८१ हजार पाँच सय, गोरखा, ताकुकोट–४ घरभई न्यू मारुती इन्टरनेश्नलका क्यारियर समिर श्रेष्ठको साथबाट चार लाख ५४ हजार रुपैयाँ, रसुवाको सरमथली–७ घर भई बालाजु बस्दै आएका हम्स मनी ट्रान्सफरका क्यारियरमा कार्यरत नविन भट्टको साथबाट प्रहरीले पाँच लाख रुपैयाँ सहित गत वैशाख २९ गते सम्ममा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले कुल १ करोड ७४ लाख ९९ हजार ६ सय ५० रुपैयाँ सहित राजस्व विभाग बुझाएको थियो । तर उनीहरुलाई विभिन्न बहानामा उन्मुक्ती समेत दिएको आरोप लगाईएको छ । पवनकुमार अग्रवाल सरावगी अनु ट्रेडिङका सञ्चालक भई हुण्डीको कारोबार गर्दै आएको अबस्थामा उनको साथबाट ६३ लाख ५० हजार रुपैयाँ, मोहनमान श्रेष्ठको बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगका सञ्चालक भई हुण्डी कारोबार गर्दै गर्दा उनको साथबाट १० लाख रुपैयाँ, एक लाख भारतीय रुपैया र विभिन्न बैकका ४९ वटा चेकहरु बरामद गरेको थियो ।

कुमार राई बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगमा कारोवार गर्न आएका थिए । उनको साथबाट १८ लाख रुपैयाँ, निर्दाेष प्रसाँई पाथिभरा ट्रेडर्सका सञ्चालक भई हुण्डी कारोबार गर्दा उनको साथबाट १९ लाख ७१ हजार पाँच सय रुपैयाँ र विभिन्न बैंकका १० वटा चेक बरामद गरिएको थियो । राजन पौडेल माई पाथिभरा ट्रेडर्समा हुण्डी कारोवार गर्न आएको अबस्थामा उनको साथबाट ३२ लाख ५० हजार रुपैयाँ, टलबहादुर तामाङ पनि माई पाथिभरा ट्रेडर्समा कारोवार गर्न आएकै अबस्थामा ११ लाख ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।

अमित खरेलको साथबाट १२ लाख, रोहित दुलालको साथबाट प्रहरीले पाँच लाख १६ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा अपराध महाशाखाले हुण्डी कारोबार गरेको अबस्थामा पक्राउ गरेकाहरुसंगमात्र ६ करोड ६२ लाख ८९ हजार २ सय २५ रुपैयाँ बरामद गरेको थियो । त्यस्तै १ तोला सुन र १ सय ९५ तोला चाँदी पनि बरामद गरेको तथ्याङ महाशाखामा रहेको छ । यसरी नियन्त्रणमा लिई अनुसन्धान गर्ने जिम्मेबारी पाएको राजस्व अनुसन्धान विभागबाटै हुण्डीको मुद्दालाई कमजोर बनाई रकम संकलन गर्ने कार्यमा सरकारी कर्मचारीनै लागि परेको आरोप समेत स्रोतको रहेको छ । यसरी पटक/पटक गरी हुण्डीको बारेमा राजस्व अनुसन्धान विभागमा दर्ता भएपनि त्यहाँ आरोपितीहरुसंगै मिलेर मुद्दालाई कमजोर बनाउदै आएका छन् ।