ह्वाइट हाउसका प्रेस सचिवको राजीनामाबाट राष्ट्रपति आश्चर्यमा

ह्वाइट हाउसका प्रेस सचिवको राजीनामाबाट राष्ट्रपति आश्चर्यमा


राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै अमेरिकी राष्ट्रपति कार्यालयः ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले पदबाट राजिनामा दिएका छन् । स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट हाउसको सञ्चार निर्देशक पदमा राष्ट्रपति ट्रम्पले न्युयोर्कका एकजना धनाढ्य तथा लगानीकर्ता एन्थोनी स्कारामुस्सिलाई अकस्मात् नयाँ नियुक्ति दिएकोप्रति चरम असन्तुष्टि प्रकट गर्दै स्पाइसरले राजिनामा दिएका एजेन्सीहरुले जनाएका छन् ।

स्पाइसरले स्कारामुस्सिको नियुक्तिप्रति कडा आपत्ति जनाउँदै राष्ट्रपति ट्रम्पको कदमको विरोध गरेका अमेरिकी सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

ह्वाइट हाउस जस्तो गरिमामयी कार्यालयको सञ्चार विभाग हाँक्ने योग्यता र औकात नवनियुक्त निर्देशक स्कारामुस्सिसँग हुँदै नभएको नभएको भन्दै ४५ बर्षीय स्पाइसरले आफूले तत्काल राजिनामा दिए पनि अगस्ट महिनासम्म कार्यरत भई त्यसपछि पदत्याग गर्ने जानकारी दिएका छन् ।

यसैबीच स्पाइसरको राजिनामा तथा उनले स्कारामुस्सिको बारेमा गरेको टिप्पणीप्रति ट्वीटरमा प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले ‘पहिला पहिला फटाहा सञ्चार माध्यमहरु (फेक न्युज मिडिया) ले समाचारहरुको अत्यन्त दुरुपयोग गरी ह्वाइट हाउसलाई उछाल्दा समेत यिनले ठीक पारेका थिए । तर यत्ति सानो घटनामै राजिनामा दिइ हाल्नुपर्ने स्पाइसर गजबका ब्यक्ति रहेछन्’ भनी आश्चर्य प्रकट गरेका छन् ।