एमाले अध्यक्ष ओली आज चिनको तिब्बत जाँदै

एमाले अध्यक्ष ओली आज चिनको तिब्बत जाँदै


एमाले अध्यक्ष केपी ओली मानसरोवर जाने भएका छन् । विश्वभरका हिन्दु तथा बौद्ध धर्मालम्बीको तीर्थस्थल मानसरोवर भ्रमणका लागि ओली सपरिवार आज जान थालेका छन् । उनी साढे ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

ओलीसँगै पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक पनि भ्रमणमा जानेछन् । ल्हासाको भेटपछि उनी मानसरोवर जानेछन् ।

ओली शनिवार ल्हासा पुग्नेछन्, जहाँ चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समितिका नेता, तिव्वत सरकारका प्रमुख र मन्त्रीहरुलगयातसँग राजनीतिक भेट गर्ने बताइएको छ ।