पाँच वर्षीयालाई करणी गर्नेलाई पन्ध्र वर्ष कैद

पाँच वर्षीयालाई करणी गर्नेलाई पन्ध्र वर्ष कैद


लमजुङको दोर्दी गाउँपालिका–२ का सन्तबहादुर परियार पाँचवर्षे नाबालिकालाई जबर्जस्ती गरेको आरोपमा पक्राउ परेका छन् । बालिकालाई आफ्नै घरमा लगी जबर्जस्ती करणी गरेको खुलेपछि परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

४६ वर्षीय परियारले हिजो शुक्रबार ४ः३० बजेको समयमा आफ्नै घरमा बालिकालाई जबर्जस्ती करणी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले सन्तबहादुरलाई घटना घटेको आधा घण्टापछि घटनास्थलबाटै पक्राउ गरेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियुक्त परियारले प्रहरीको प्रारम्भिक सोधपुछको क्रममा आफुले कसुर गरेको स्विकारेका छन् । बताइएअनुसार अत्याधिक मदिरा सेवन गरेको अवस्थामा बालिकामाथि कुकर्म हुन गएको भनी पीडितले प्रहरीसमक्ष स्विकार गरेका हुन् ।

मुलुकी ऐन जबर्जस्ती करणीको महलअनुसार परियारमाथि कारवाही हुने प्रनाउ खरेलको भनाई छ । उहाँका अनुसार बालिका १० बर्षभन्दा कम उमेरकी भएकोले पीडक परियारलाई १० देखि १५ बर्ष कैद हुने उनले जानकारी दिए ।

– छविलाल बगाले