राप्रपाको मुख्य एजेण्डाः हिन्दु राष्ट्रको पुनःस्थापना (पूर्णपाठसहित)

राप्रपाको मुख्य एजेण्डाः हिन्दु राष्ट्रको पुनःस्थापना (पूर्णपाठसहित)


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको पुनःस्थापनालाई पार्टीको मुख्य एजेण्डा बनाउने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय कार्य समितिको बैठकले हिन्दु राष्ट्रको पुनःस्थापनासहित मुख्य तीन एजेण्डा पारित गरेको छ ।

बैठकले हिन्दु राष्ट्रको पुर्नस्थापना, भ्रष्टचारविरुद्धको अभियान र समग्र विकास, निर्माणको कामलाई आगामी दिनमा तीव्रता दिने मुख्य तीन एजेन्डा पनि तय गरेको राप्रपा अध्यक्ष कमल थापाले बताए । राष्ट्रियताको संरक्षण र सम्वद्र्धनलाई पार्टीको आगामी मुख्य कार्यभार बनाउने निर्णय पनि गरेको पनि राप्रपाले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्ताव पारित गर्ने वा नगर्ने ठोस धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने भएको छ । बैठकले यसबारे निर्णय गर्न नसकेपछि कार्य सम्पादन समितिको बैठक बोलाइने भएको हो ।

पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो सम्बन्धमा ठोस धारणा तय गर्ने पार्टीका अध्यक्ष थापाले स्पष्ट गरे । पार्टी केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा थापाले संविधान संशोधन प्रस्ताव पारित गर्ने वा नगर्ने ठोस धारण तय गर्न केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय लिइएको बताए ।

संविधान संशोधन प्रस्ताव पारित गर्ने वा नगर्ने भन्ने विषयमा राप्रपामा विवाद छ । केन्द्रीय कार्य समिति बैठकले यसबारे निर्णय लिन नसकेपछि कार्य सम्पादन समितिलाई जिम्मा दिइएको हो । यद्यपी अध्यक्ष थापाले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउने गरी आएको संविधान संशोधन प्रस्तावलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताए ।

राप्रपाले तराई, मधेशमा मुलुकलाई विखण्डन गराउने तत्वहरु सक्रिय रहेको निष्कर्ष निकाल्दै त्यसलाई निष्तेज पार्न सबै राजनीतिक दलहरुलाई आह्वान पनि गरेको छ ।

यस्तो छ निर्णयकाे पूर्णपाठ:

राष्ट्रिय प्रजातन्त्र पार्टीको गत श्रावण ४ गतेदेखि पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुरुभएको केन्द्रिय कार्य समितिको बैठक आज सम्पन्न भएको छ । बैठकले देहाय बमोजिमको निर्णयहरु गरेको छः
१) बैठकले पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गर्नु भएको समसामयिक परिस्थिति र पार्टीको भावि बैचारिक एवं सांगठनिक कार्यदिशा सम्बन्धि राजनीतिक कार्यपत्र, महामन्त्रि जयन्त चन्दले प्रस्तुत गर्नु भएको भावि कार्यक्रम सहितको प्रतिवेदन, महामन्त्रि ध्रुवबहादर प्रधानले प्रस्तुत गर्नुभएको स्थानिय तहको निर्वाचन समिक्षा सम्बन्धि प्रारम्भिक प्रतिवेदन तथा कोषाध्यक्ष उद्धब पौडेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पनि परिमार्जन सहित अनुमोदन गरेको छ ।
२) निर्वाचनमा पार्टीको अनपेक्षित परिणाम प्रति चिन्ता प्रकटगर्दै विगतका कमिकमजोरीहरु सच्याएर अघि बढने बैठकले प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचन पश्चात पार्टीले भोग्नु परिरहेको पिडा र चुनौतिलाई सामना गर्दै राप्रपालाई देशको अग्रणी शक्ति बनाउन पार्टीका सबै तहका कार्यकर्ता र नेताहरुका बिचमा परस्पर सदभाव, आत्मियता, स्नेह र एकताको निमित्त बैठकले आह्वान गरेको छ ।
३) निर्वाचनमा प्राप्त अनपेक्षित र अप्रत्यासित परिणाम एवं असफलताका कारणहरु वारे गहिरो अध्ययन अनुसन्धान गरि एक महिना भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न महामन्त्रि ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित समितिलाई बैठकले निर्देशन दिएको छ ।
४) मुलुकको समसामयिक परिस्थितिको समिक्षा गर्दै बैठकले पार्टीको देहाय बमोजिम भावि बैचारिक एवं सांगठनिक कार्यदिशा निर्धारण गरेको छ ः
(क) राष्ट्रियताको संरक्षण र सम्बद्र्धन मुख्य कार्यभार
(ख) पार्टीको सिद्धान्त प्रति अबिचलित प्रतिबद्धता
(ग) वर्तमान संबिधान र संबैधानिक व्यवस्थासंग सहकार्य
(घ) हिन्दुराष्ट्रको स्थापना, भ्रष्टाचार बिरुद्धको अभियान र आर्थिक बिकास आगामि दिनमा पार्टीको मुख्य एजेण्डा
(ङ)  हरेक वडमा राप्रपा, हरेक क्षेत्रमा राप्रपा अभियानू कार्यान्वन गरि पार्टीको संगठन र प्रभावको बिस्तार
(च) संसदिय निर्वाचन केन्द्रित कार्ययोजना संचालन
५) संबिधान निर्माणको क्रममा असंतुष्टि प्रकट गर्दै संबिधानसभा बहिष्कार गरेका मधेस केन्द्रित दलहरु तथा आन्दोलनरत विभिन्न समुहहरुलाई संबिधानको मुल प्रवाहमा ल्याउन तथा मधेसका उदार राजनीतिक शक्तिहरुलाई राष्ट्रिय राजनीतिको मुलप्रवाहमा समेटेर अतिवादी तत्वलाई अलग्याउन सबै राजनीतिक दलहरुका बिचमा साझा धारणा र सहकार्य आबश्यक रहेको राप्रपाको धारणा रहेको छ । यसतर्फ सजग रहन सबै दलहरुलाई बैठकले आह्वान गरेको छ ।
हाल संसदमा प्रस्तुत संबिधान संशोधन विधयेक प्रति राप्रपा सकारात्मक रहेको छ । उक्त संशोधन विधेयकका वारेमा पार्टी भित्र रहेको असमझदारि र असंतोष निराकरण गरि एकतावद्ध ढंगबाट प्रस्तुत हुने अवस्था सिर्जना गर्न बैठकले कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ ।
६) बैठकले निम्न बमोजिमको ६ महिने बिशेष कार्ययोजना अनुमोदन गरेको छः
(क) भाद्र मासन्त भित्र पार्टीको प्रदेशस्तरिय अधिवेशनको आयोजना,
(ख) भाद्र मसान्त भित्र सात वटै प्रदेशमा बृहद सनातन धर्म सम्मेलनको आयोजना,
(ग) विभिन्न तहमा प्रशिक्षण कार्यक्रम संचालन,
(घ) मंसिर मसान्तभित्र सबै भातृसंगठनहरुको अधिवेशन,
(ङ) सम्पुर्ण गांउपालिका तथा नगरापालिकाहरुमा हिन्दुराष्ट्र पुनस्र्थापना जागरण सभाको आयोजना,
(च) भाद्र महिनाभित्र सात प्रदेशमा स्थानिय तहका अध्यक्षहरुको बैठक आयोजना,
(छ) आगामि पौष मसान्त भित्र देशभर सक्रिय सदस्यता वितरण अभियान संचालन ।
(७)े स्थानिय तहको निर्वाचन मतपत्रमा राप्रपाको चुनाव चिन्ह ूगाईू झै समान देखिने ूजोडि गोरुू रहेको कारणले गर्दा उमेदवार नै रहेको सो चिन्हमा हजारौ मत परि बदर भएको तथ्यलाई दृष्टिगत गदै आगामि चुनावमा कुनै पनि पार्टीको चुनाव चिन्ह नरहेको सो ूजोडि गोरु ू मतपत्रबाट हटाउन निर्वाचन आयोगसंग माग गर्ने निर्णय गरेको छ ।
(८) आगामि असोज २ गते हुने प्रदेश नं २ को स्थानिय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता दिलाउन बैठकले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा एक उच्च स्तरिय चुनाव परिचालन समिति बैठकले गठन गरेको छ । उक्त समितिमा उपाध्यक्षहरु राजिव पराजुली र रामचन्द्र राय सल्लाहकार रहनु भएको छ । समितिमा २ नं प्रदेशका केन्द्रिय सदस्यहरु, सांसदहरु तथा जिल्ला अध्यक्षहरु सदस्य रहेका छन् ।
(९) सामाजिक सुरक्षा अन्तर्गतको बृद्ध भत्ता ६० बर्ष उमेर नाधेका सबै नेपाली नागरिकलाई उपलब्ध गराउन बैठकले सरकारसंग माग गरेको छ ।
१०) नेपालको नोटमा राष्ट्रनिर्माता श्री ५ बडामहाराज पृथ्वीनारयण शाहको तस्विर अंकित गर्न बैठकले माग गरेको छ ।
११) बैठकले हाल अस्वस्थ रहनु भएका पुर्व श्री ५ ज्ञानेन्द्रको शिघ्र स्वास्थलाभको कामना गरेको छ ।
१२) बैठकले स्थानिय तहको निर्वाचनमा प्रहरीको गोली लागि निधन हुनु भएका कालीकोट नरहरीनाथ गांउपालिकाका वडा अध्यक्षका उमेदवार धनरुप बटालालाई शहिद घोषणा गरि क्षतिपूर्ती दिन सरकारसंग माग गरेको छ । साथै, सो घटनामा घाईते भएकाहरुको स्वास्थ उपचारमा सहयोग गर्न समेत सरकारसंग बैठकले माग गरेको छ ।
१३) बैठकले पार्टीका पुर्व केन्द्रिय सदस्यहरु ईन्द्रप्रसाद ढुंगेल र अलि महम्मदको हालै दुःखद र असामयिक निधन भएकोमा गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माहरुको चीरशान्तिको कामना गरेको छ ।

-भुवन पाठक
प्रवक्ता