नेपाल वायुसेवाको बोइङ ७५७ बिक्रीमा

नेपाल वायुसेवाको बोइङ ७५७ बिक्रीमा


नेपाल वायुसेवा निगमले बिक्रीमा राखेको बोइङ ७५७ जहाज खरिद गर्न ईच्छुक सात कम्पनीलाई निगमको कार्यालयमा बोलाएको छ । निगमले शुक्रबार एक सुचना प्रकाशित गर्दै सात दिनको म्याद राखेर आवेदक कम्पनीहरुलाई सो समयभित्र निगममा सम्पर्क गर्न जानकारी गराएको हो । यसअघि निगमको सञ्चालक समितीले अन्तरराष्ट्रिय उडान गर्दै आएको एक सय ९० सिट क्षमताको उक्त जहाज बिक्री गर्ने निर्णय गरेको थियो ।

जहाजमा बारम्बार समस्या देखिएको तथा मर्मत खर्च अत्यधिक हुन थालेपछि निगमले यस्तो निर्णयमा पुगेको जनाएको छ । निगमको उक्त जहाज खरिदका लागि स्वदेशी तथा विदेशी गरी सात कम्पनीले आवेदन दिएका थिए । निगमका अनुसार आवेदन दिनेमा अमेरिकाको फ्लोरिडास्थित एभिओन सिष्टम्स इन्कार्पोरेसन, इजरायलको एपीएस एयरपार्ट्स सर्भिसेस एण्ड सप्लाइज लिमिटेड र नेपालमा रहेका हिमालय एभिएसन कन्सल्ट्याण्ट, टीबीआई गु्रप नेपाल, जनार्दनमान डङ्गोल, बीबी एयरवेज र व्यत्तिःगत रुपमा अनु मानन्धर रहेका छन् । निगमले खरिद बिक्रिको सन्दर्भमा थप छलफलका लागि आवेदकहरुलाई बोलाइएको जानकारी दिएको छ ।