३५औँ स्मृति : बीपीमा थियो दलाल बनिने चिन्ता

३५औँ स्मृति : बीपीमा थियो दलाल बनिने चिन्ता


नेपाली काङ्ग्रेसका संस्थापक नेता एवम् नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर बीपी कोइरालाको स्मृति दिवस आज साउन ६ गते । पहिले–पहिले बीपीको स्मरण गर्दै काङ्ग्रेसका कार्यकर्ताहरु देशभरि वृक्षरोपण कार्यक्रमको आयोजना गर्थे । ०६३ को परिवर्तनसँगै नेपाली काङ्ग्रेसले बीपीका मौलिक विचार–दर्शन परित्याग गरेपछि उनको स्मरणमा कार्यक्रम गर्ने जाँगर त्यति पलाएको पाइन्न ।

यस सन्दर्भमा बीपी कोइरालाले वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कने क्रममा प्रकट गर्नुभएको मन्तव्य यहाँ प्रस्तुत गर्नु उपयुक्त हुने ठानिएको छ । बीपीले भनेका थिए– ‘नेपालबाट वर्षेनी ५ (पाँच) लाख ढाक्रेहरू हिन्दुस्तान आउँछन्, नागरिक बाहिर जान्छन् भने उनीहरूले राष्ट्रियता र आफ्नो देशको हितको निम्ति लड्लान भनेर कसरी आशा गर्ने ? उनीहरू विदेशी पल्टनमा भर्ना हुन्छन्, विदेशी होटलमा काम गर्छन्, उनीहरुलाई विदेशीहरूले काम दिन्छन् भने उनीहरूमा राष्ट्रियताको भावना कसरी जागृत हुन सक्छ ? त्यसो हुँदा हामीले आर्थिक विकास गर्नु पनि जरुरी छ । हामीले आर्थिक विकास गर्न सकेनौँ भने हाम्रो प्रजातान्त्रिक जग कमजोर हुन्छ ।

राष्ट्रियता र प्रजातन्त्रको सम्बन्धबारे स्पष्ट गर्दै बीपीले भनेका छन्– ‘हामीले प्रजातन्त्रको कुरा मात्र ग¥यौँ र प्रजातान्त्रिक सङ्घर्षको कुरा मात्र ग¥यौँ भने राष्ट्रियता, राष्ट्रलाई बचाउने हाम्रो अर्को जवाफदेहीतालाई छोडेजस्तो हुन्छ । र, हामी कुनै बाहिरका तत्वबाट सञ्चालित भएका जस्तो हुन्छौँ । साथसाथै हामीले केवल राष्ट्रियताको कुरा मात्रै ग¥यौँ र प्रजातन्त्रलाई छोडिदियौँ भने हामीले अहिलेसम्म राष्ट्रवादी भनिएकाहरूको खोक्रो नारा वा तानाशाहीलाई समर्थन गरेको जस्तो हुन्छ । तसर्थ, हामीले दुईवटै कुरालाई सँगसँगै लिएर जानुपर्छ । हामीले दुइवटै सङ्घर्षलाई साथसाथ लिएर गएनौँ भने हामीहरू तानाशाहीको दलाल हुन्छौँ वा कुनै विदेशी तत्वको दलाल हुन्छौँ । हामीले राष्ट्रियता र प्रजातन्त्र दुबैको रक्षाको हिमायती हुनुपर्दछ ।