टेवा चिया बजारमा

टेवा चिया बजारमा


‘टेवा’ फ्रेस मसला चिया सञ्चालनमा आएको छ । बुटवलका युवा उद्यमी टंकप्रसाद गैरेको लगानी रहेको गैरे फूड प्रोडक्टले मसलायुक्त टेवा चिया बजारमा ल्याएको हो । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित उद्योगबाट उत्पादन सुरु गरिएको उक्त उद्योगमा हाल १५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

उद्योग सञ्चालन गर्नका लागि झण्डै दुई करोड लगानी भएको उद्योग सञ्चालक गैरेले बताए । उक्त चियामा ल्वाङ, सुकमेल, दालचिनी लगायतका जडिबुटी मिश्रण गरिएको र फरक स्वादमा गुणस्तर युक्त चिया ल्याइएको उनको दाबी छ । रुपन्देही औद्योगिक विकासको सम्भावना बोकेको क्षेत्र भएकाले गुणस्तरीय चिया उत्पादन गर्ने गरी चिया उद्योगमा लगानी गरिएको उनले थपे ।

– चन्द्रकान्त खनाल