विश्व पौडीमा सहभागी हुँदै नेपाल

विश्व पौडीमा सहभागी हुँदै नेपाल


नेपालले हंगेरीको बुढापेस्टमा हुने १७ औं एसियाली विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । त्यसका लागि चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आगामी बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

पुरुषको ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सुभम श्रेष्ठ तथा ५० मिटर बटरफ्लाई र १ सय मिटर फ्रिस्टायलमा अनुभव सुब्बाले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५० र १ सय मिटर फ्रिस्टायलमा सोफिया शाह तथा १ सय मिटर ब्रेस्टस्ट्रोक र २ सय मिटर फ्रिस्टायलमा टीसा शाक्यले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

अफिसियलमा पारस श्रेष्ठ र प्रशिक्षकमा रत्नलाल महर्जन रहेका छन् । फिना कङ्ग्रेसमा सहभागी हुन पौडी संघका अध्यक्ष अशोक बज्राचार्य र कोषाध्यक्ष श्यामसुन्दर अधिकारी असार ३० गते बुढापेस्ट गइसकेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमाल, पौडी संघका महासचिव जगतमान श्रेष्ठलगायतले मंगलबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे । प्रतियोगिताअन्तर्गत डाइभिङलगायत अन्य स्पर्धा जुलाई १४ तारिखदेखि नै सुरु भएपनि पौडीका स्पर्धाहरु जुलाई २३ तारिखदेखि सुरु हुनेछ ।