कानुनी अड्चन देखाउदै आयातित सिमेन्ट बेच्दै

कानुनी अड्चन देखाउदै आयातित सिमेन्ट बेच्दै


सरकारले समयानुकुल विद्यमान कानुनलाई परिमार्जन नगरेका कारण देखाउदै नेपाली सिमेन्ट उद्योग कम्पनीले आयातित सिमेन्ट बिक्री गर्ने गरेका छन् । सार्वजनिक कार्यक्रमा नेपाली उद्योगीहरुले नेपाल सिमेन्टमा आत्मनिर्भरतातर्फ पुगेको बताउदै आएपनि सो भाषणमैमात्र सिमित रहेको पछिल्लो तथ्याङकले देखाएको छ ।

आर्थिक बर्ष २०७३/७४ को ११ महिनामा सिमेन्ट आयात १ सय १६ प्रतिशतले बृद्धि भएको तथ्याङक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेपछि भारतीय सिमेन्टमा नेपाली ब्राण्डको नाम राखेर बिक्री गरेको प्रष्ट हुन आएको छ । बैंकको तथ्याङक अनुसार आर्थिक बर्ष २०७२/७३ को ११ महिनामा सिमेन्ट आयात सामान्य घट्दै कुल ९ अर्ब २६ करोड ३३ लाख रुपैयाँको भित्रिएको थियो । तर, आर्थिक बर्ष २०७३/७४ को ११ महिनामा आइपुग्दा भारतबाट आयात हुने सिमेन्ट १ सय १६ प्रतिशतले बढेर २० अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको उल्लेख गरेको छ । केही बर्ष यता सिमेन्ट आयातमा सामान्य गिरावट आएपनि आर्थिक बर्ष २०७३/७४ मा उच्च रुपमा बढेको सो तथ्याङकले पुष्टी गरेको छ ।

आव २०७१/७२ मा कुल ९ अर्ब ३८ करोड रुपैयाँको आयात भएकोमा आब २०७२/७३ मा घटेर ९ अर्ब २६ करोडमो मात्र आयात भएको थियो । सरकारले नेपाली उद्योगबाट उत्पादित र सिमेन्ट आयातित सिमेन्टमा छुट्छुट्टै नियम लगाउँद नेपालमा सिमेन्ट आयात हुने क्रम बढेको दाबी नेपाली सिमेन्ट उद्योग सञ्चालकहरुको रहेको छ । केही समय अघिसम्म लोडसेडिङका कारण नेपाली उद्योगहरुले क्षमता अनुरुप सिमेन्ट उत्पादन गर्न नसकेको बताउदै आएकाहरु प्छिल्लो समयमा विद्यमान कानुननै बाधक भएको भन्दै आफ्ना भनाई राख्ने गरेका छन् ।