नेपाली जुत्ता घरमा समर सेल मेला सुरु

नेपाली जुत्ता घरमा समर सेल मेला सुरु


नेपाली जुत्ता घरको आयोजनामा समर सेल मेला २०७४ शुरु भएको छ । मेलाको नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन । उपाध्यक्ष ढकालले निजि क्षेत्रमा भएका विविध समस्याका बाबजुद पनि कम्पनिहरु एकै ठाउँमा एकै प्रकृतिका ब्राण्डहरु मिलेर नेपाली जुत्ताको प्रवर्दनमा टेवा पु¥याउनु भएकोमा व्यक्तिगतरुपमा अत्यन्त खुशी लागेको बताए ।

उनले निजी स्तरमा उद्योग बाणिज्य महासंघले गर्न सक्ने कार्यमा सहकार्यका लागि आफुले सक्दो सहयोग गर्ने बताए । नेपाली जुत्ता बजारमा बिविध समस्या रहेको र ति समस्याका बाबजुद पनि निजी स्तरमा संचालित नेपाली जुत्ता घरका अन्य प्रतिस्पधिहरुको लागि पनि नमुना रहेको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले बताइ । हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्याय, बुढानिलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष नवराज भट्टराई, जुत्ता घरका संचालक कृष्णकुमार फुयाँल, नवराज गौतम, ज्ञानेन्द्र दाहालको उपस्थिति रहेको थियो ।
नेपाली जत्ता घरले गर्मीयामलाई लक्षित गरि समरसेल मेला साउन ४ गते बाट सुरु भएको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु नेपाली जुत्ता घरको विभिन्न सोरुमहरुमा उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्री मुल्यमा ७० प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ । मेलामा ३ सय देखि ५ हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल बिक्री वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ ।

नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस अघिको समर सेल मेलाको अपार सफलताले गर्दा पनि यो मेला गर्नु परेको आयोजक सस्ंथाका संचालक कृष्णकुमार फुयाँलले बताए । ती सन्तुष्ट आम उपभोक्ताहरुको चर्चा र नेपाली ब्राण्ड प्रतिको अगाध बिश्वासको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको छ । नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्री बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको संचालक ज्ञानेन्द्र दाहालले बताए ।

नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्री गरिदै आएको छ । शिखर शुज, वि.एफ डिएर हिल शुज, टम टेलर, सफ्ट टच, क्रस रोड, स्काई शुज, शु ल्यान्ड, इजी शुज, लेदर विङ्गस्, कोसेली, टाकुरा जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् ।

यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्री हुने लक्ष्य रहेको छ । मेलाको आयोजक कम्पनी नेपाली जुत्ता घर विभिन्न प्रतिस्पर्धि ब्राण्डहरुको आफ्नै सक्रियतामा करिब पाँच वर्ष अघि स्थापना भएको हो । नेपाली जुत्ता घरको हाल उपत्यकामा ५ ओटा सो रुमहरु सञ्चालनमा रहेका छन् जसमा जमल, कुमारीपाटी, महाराजगञ्ज, बालाजु, बागबजारमा यसका शाखाहरु रहेका छन् ।