आन्तरिक राजस्वमा किशोरजंग

आन्तरिक राजस्वमा किशोरजंग


आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्कीलाई नियुक्त गरिएको छ । भ्रष्टचारको आरोपमा तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएका कारण रिक्त रहेको सो पदमा अर्थ मन्त्रालयले कार्कीलाई पठाएको हो। उनले कार्यभार सम्हालिसकेका छन् ।

सहसचिव कार्कीलाई विभागको महानिर्देशक नियुक्त गरिएको मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढंगानाले बताएका छन् । पछिल्लो समय सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव कार्कीले यसअघि पनि विभागमा रहि काम गरिसकेका छन । उनले भन्सार विभाग, सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा पनि विभिन्न पदमा जिम्मेवारी सम्हालिसकेको मन्त्रालयले जनाएको छ ।

विभागका तत्कालीन महानिर्देशक शर्माविरुद्ध कर फछ्र्यौट आयोगमा रहँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ । शर्मासँगै आयोगका प्रमुख लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० अर्ब २ करोडबढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै सर्वाेच्चले मुद्दा यथतास्थितिमा राख्न भनेको छ ।