प्रधानमन्त्रीको चयन नेपालमा-टेकबहादुर लौंडारी

प्रधानमन्त्रीको चयन नेपालमा-टेकबहादुर लौंडारी


प्रधानमन्त्रीको चयन हुन्छ सधैं नेपालमा ।
ऋणैऋणको बोझ थपे हाम्रो कपालमा ।।
सांसदको कामकाज केटाकेटीको खेलजस्तो ।
नेताज्यूलाई स्वर्गे सयल जनतालाई जेलजस्तो ।।
सबैभन्दा मै हुँ ठूलो घमण्डको बादल छ ।
आफ्नै तालको नाच रै’छ आफ्नै डम्फु मादल छ ।।
सरसल्लाह सबै तिम्रा खरानीका डल्ला भए ।
नाङ्गो नाच नेता नाचे देख्नेलाई लाज भयो ।।
प्रधानमन्त्रीको चयन हुन्छ सधैं नेपालमा ।
ऋणैऋणको बोझ थपे हाम्रो कपालमा ।।
पहिलो गल्ती दुई वर्षमा संविधान नबन्नुमा ।
देशका सेवक हामी भनी दिलैदेखि नभन्नुमा ।।
दोस्रो गल्ती म्याद थपी भत्ता घिचिरहनुमा ।
मूर्तिजस्ता जनता भए त्यो गल्ती सहनुमा ।।
तेस्रो गल्ती पाँचपटक एउटै भए उम्मेदवार ।
चौथो गल्ती सहमतिले नभइदिनु वारपार ।।
प्रधानमन्त्रीको चयन हुन्छ सधैं नेपालमा ।
ऋणैऋणको बोझ थपे हाम्रो कपालमा ।।
उपर्युक्त गल्ती सच्याई वारपार गर अब ।
नत्र भने जनताको धैर्यको बाँध फुट्छ अब ।।
– भानु-४, तनहुँ