पेट्रोल व्यवसायीको आन्दोलन स्थगित

पेट्रोल व्यवसायीको आन्दोलन स्थगित


बाग्मती पेट्रोलियम डिलर्स एशोसियशन गर्दै आएको आन्दोलन कार्याक्रम स्थगित गरेका छन् । सो एशोसियशनले सवै आन्दोदनका कार्याक्रम १५ दिनका लागि स्थगित गरेको जनाएको छ । मंगलबारबाट अञ्चलभरि तेल वितरण बन्द गरेको एशोसियसनसँग नेपाल आयल निगमले बेलुकी वार्ता गरेपछि १५ दिनका लागि आन्दोलन स्थगित भएको हो ।

सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै ब्यवसायीले मंगलबारदेखि पेट्रोलियम पदार्थको खरिद–बिक्री ठप्प पारेका थिए । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसका बारेमा कुनै सम्बोधन नगरेको भन्दै व्यवसायी आन्दोलित भएका थिए । बार्ताबाट यस्तो लसबारे अध्ययन गर्न ७ सदस्यीय समिति बनाएको छ ।

यो समितिले विभिन्न शहरहरुमा पनि गएर लसहरुबारे अध्ययन गर्नेछ र रिपोर्ट पेश गर्नेछ । १५ दिनभित्र समितिले प्रतिवेदन दिने र त्यो प्रतिवेनको रिपोर्टको सुझावलाई कार्यावयन गर्ने सहमति भएको निगमका प्रवक्ता सीतारम पोखरेलले बताएका छन् । निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलीले एक बर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन नगरी सो छानविन समिति नै भंग गरी अर्काे समिति गठन गरेपछि व्यवसायी आन्दोलित भएका थिए ।

सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परीक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको वास्तविकता नस्वीकारी पुन समिति गठन गर्नुले आफुहरुको माग प्रति सरकार गम्भीर नभएको स्पष्ट भएको व्यवसायीको आरोप रहेको छ । सो डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाका प्रतिनिधि संग्लग्न छानविन समितिले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।

सो प्रतिवेदन कार्यान्वयन गरी निगम संचालक समितिको बैठकले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका एक, नास्टका एक, आयल निगमका १ र २ व्यवसायी रहने गरी नया समिति बनाएपछि व्यवसायी पुनः आन्दोलित भएका थिए ।