मौद्रिक नीतिको चौतर्फी विरोध

मौद्रिक नीतिको चौतर्फी विरोध


नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिको चौतर्फी विरोध भएको छ । सो नीतिमा सरकारले लिएको ७ दशमलव २ प्रतिशतको आर्थिक बृद्धि लक्ष्यलाई असहयोग पुग्ने गरि ल्याएको भन्दै बैंकर र अर्थशास्त्रीहरुले आलोचना गरेका हुन ।  पूँजी लागत बढेर ब्याज दर उच्च भएकै बेला लगानीको स्रोतसमेत सुकेको भन्दै बैंकर तथा अर्थशास्त्रीले तत्काल आलोचना गरि रहेकै अबस्था पुर्वअर्थमन्त्री डा. रामशरण महतले समेत चर्को आलोचना गरेका छन् ।

ब्याज दर घटाउने पहलकदमी कतै नभएको भन्दै त्यसको स्रोतको जोहो गर्ने कुनै नीतिगत सम्बोधनसमेत नगरी ल्याएको मौद्रिक नीतिले आर्थिक बृद्धिलाई सहयोग नगर्ने भन्दै आलोचना बढ्दै गएको छ । डा. महतकै सिफारिसमा नियुक्ती पाएका नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरञ्जीबी नेपालले जारी गरेको मौद्रिक नीतिकै आलोचना गर्नुमा ठूलो महत्ब राख्ने गरेको छ । नेपाली कांग्रेसको कोटामा गभर्नर भएका नेपालले ल्याएको तेस्रो मौद्रिक नीतिको आलोचना अरुले गर्नुभन्दा डा. महतले गर्नु धेरै कोणबाट अर्थपूर्ण रुपमा लिइने गरेको छ ।

राष्ट्र बैंकका गभर्नर डा. नेपाल मौद्रिक नीति सार्वजनिक गरेको ११ दिनपछि नेपाली कांग्रेस नेता तथा पुर्वअर्थमन्त्री डा. महतले राष्ट्र बैंकको नीतिले आर्थिक बृद्धि बढाउन सहयोग नगर्ने बताएका छन् ।  मौद्रिक नीतिको तत्कालै बैंकर संघले गरेको थियो । त्यसपछि अर्थशास्त्री र नीजि व्यवसायीहरुले सार्वजनिक रुपमा आलोचना गरेका थिए । पूँजीको लागत निक्कै माथि पुगेको छ । यसले भइरहेको लगानी निरुत्साहित हुन्छ भने नयाँ लगानी पनि नआउने डा. महतको भनाई रहेको छ । आर्थिक बृद्धि उकास्ने निर्माण क्षेत्रलाई नै नीतिमार्फत खुम्च्याउने काम भएको महतको ठहर रहेको छ ।

बैंक ब्याज दर १४/१५ प्रतिशतभन्दा माथि पुगेको छ । ७/८ प्रतिशतको ब्याज दर ६ महिनामा १४/१५ प्रतिशत माथि पुगेको हो । डा महतले सरकारले आर्थिक बृद्धिको लक्ष्य पनि हचुवाका भरमा राखेको भन्दै त्यस अनुसार लगानीको बाताबरण नभएको बताउदै आएका थिए । गत आर्थिक बर्ष ६ दशमलव ९ प्रतिशतको आर्थिक बृद्धि भयो भने चालु बर्ष किन बढि हुँदैन भन्ने हचुवा तर्कका आधारमा लक्ष्य माथि राखिएको भन्दै डा. महतले यस पटक लक्ष्यलाई भेट्टाउन गाह्रो हुने उनको दाबी रहेको छ ।