सञ्चय कोष र लगानी कोषद्वारा ब्याज बृद्धि

सञ्चय कोष र लगानी कोषद्वारा ब्याज बृद्धि


लगानी योग्य पूँजी (तरलता) अभावका कारण बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज बृद्धि गरिरहेका अबस्थामा सरकारी दुई सस्थानहरुले पनि ब्याजदर बृद्धि गरेका छन् । सरकारी स्वामित्वमा रहेका सञ्चय कोष र नागरिक लगानी कोषले आफ्ना सञ्चयकर्ता तथा ऋणीहरुको ब्याज बृद्धि गरेको हो । साउन १ गतेबाटै लागू हुने गरी ब्याज बृद्धि गरेको ति सस्थानहरुले जनाएको छ ।

सञ्चय कोषले सञ्चयकर्तालाई बचतमा दिँदै आएको ६ दशमलव ७५ प्रतिशतको ब्याज दरलाई बढाएर ८ प्रतिशत पु¥याएको जनाएको छ । कोषले दुई बर्षदेखि ब्याज दरमा कुनै परिर्वतन समेत नगरेको भन्दै सो दरमाबृद्धि गरेको समेत दाबी गरेको छ । नागरिक लगानी कोषले पनि ७ प्रतिशतको ब्याजलाई ८ प्रतिशत पु¥याएको छ । सञ्चय कोषले ऋणको ब्याज दरसमेत बृद्धि गरेको छ । कोषले ऋणको ब्याज दर १० प्रतिशत पु¥याएको छ ।

सञ्चयकर्ता विशेष सापटीको ब्याज दर १ दशमलव २५ प्रतिशतले बढाउँदै ८ दशमलव २५ प्रतिशतबाट ९ दशमलव ५० प्रतिशत पु¥याएको छ । सञ्चय कोषले घर सापटी, घरमर्मत सापटी र शैक्षिक सापटीको ब्याज पनि १ दशमलव २५ प्रतिशत बिन्दुले बढाएको छ । ८ दशमलव २५ प्रतिशतको ब्याज ९ दशमलव ५ प्रतिशत पुगेको हो । कोषले सरल चक्र कर्जाको ब्याज १ प्रतिशत बिन्दुले बढाएर १० प्रतिशत पु¥याएको कोषले जनजाएको छ ।