नेपाली क्रिकेट तरबारको धारमा-श्रीविक्रम भण्डारी

नेपाली क्रिकेट तरबारको धारमा-श्रीविक्रम भण्डारी


विगतका वर्षहरूमा उत्कृष्ट प्रदर्शन गरेर मुलुकको प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउँदै आएको क्रिकेटले अहिलेे सोचेअनुरूपको प्रदर्शन गर्न सकेको छैन । घरेलु मैदानमा सञ्चालन भएको डिभिजन पाँचमा उत्कृष्ट प्रदर्शन गरेर डिभिजन चारमा पुगेको नेपालको हातमा अहिले शून्य लागेको छ । डिभिजन तीनमा पुग्ने विश्वास गरिएको नेपाली टिमले इटालीमा फितलो खेलको प्रदर्शन गर्दा विश्वकप खेल्ने सपनामा समेत तुषारापात भएको छ । वर्तमान अवस्थामा सबैभन्दा उत्कृष्ट टिमको संज्ञा पाएको टिमले सोचेअनुरूपको प्रदर्शन गर्न नसक्दा अहिले सर्वत्र आलोचित हुनुपरेको छ । इटालीमा हालै सम्पन्न डिभिजन चारको खेलमा नेपाली खेलाडीले गरेको प्रदर्शन निकै कहालीलाग्दोे थियो । बलिङ र फिल्डिङमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ चल्न नसक्नु पराजयको कारण बन्यो । प्रतियोगिता खेल्न जानुअघि निकै र्फममा रहेका ब्याट्सम्यानहरू खेलका दौरान मुसो सावित हुनु नेपालका लागि दुर्भाग्य बन्यो । अझ खेल जित्ने रणनीति बनाउनुको साटो खेलाडीहरूलाई प्रयोगात्मक रूपमा उतार्नुले पनि नेपाल डिभिजन तीनमा पुग्नबाट वञ्चित रह्यो ।
नेपाल डिभिजन तीनमा पुग्न नसकेपछि नेपाली खेलाडीहरूका बारेमा अहिले विभिन्न टीका-टिप्पणी भइरहेका छन् । वर्तमान अवस्थामा तरबारको धारमा रहेको क्रिकेटका बारेमा नेपाल क्रिकेट सङ्घ -क्यान)का अध्यक्ष विनयराज पाण्डेसँग सम्पर्क गर्दा उहाँले डिभिजन चारमा नेपाली खेलाडीहरूको प्रदर्शनलाई सकारात्मक रूपमा लिनुभएको छ । पाण्डेले यो टिम सबैभन्दा उत्कृष्ट टिम भएको खुलासा गर्दै डिभिजन तीनमा पुग्ने सबैले विश्वास लिए पनि त्यस्तो हुन नसकेकोमा भने दुःख व्यक्त गरेका थिए । टिम डिभिजन तीनमा पुग्न लायक भए पनि केही मिस्टेकका कारणले गर्दा नेपाल माथि उक्लिन नसकेको उनले स्वीकारेका थिए । नेपालको ब्याटिङ त निकै कमजोर देखियो नि भन्दा अध्यक्ष पाण्डेले यसपटक खेलाडीहरूले थुप्रै प्रतियोगिता खेलेका हुनाले ब्याटिङमा निकै सुधार भएको थियो । तर, विडम्बना, प्रतियोगिताका दौरान त्यही ब्याटिङमा देखिएको कमजोरीले हामी डिभिजन तीनमा पुग्न वञ्चित भयौँ । पाण्डेले बलिङ र फिल्डिङको प्रसंशा गर्दै यदि ब्याटिङमा पनि यस्तै प्रदर्शन भएको भए डिभिजन तीनमा पुग्न कसैले रोक्न नसक्ने दाबी गरेका थिए ।
डिभिजन चारमा नेपालले तान्जेनियासँगको खेलमा आफ्नै रणनीतिका कारणले मात खाएको थियो । उक्त खेल नर्मल खेल्नुको साटो ओभर कन्पिmडेन्ट र हेपेर खेलेका कारणले नेपालले पराजयको मुख देख्नुपरेको थियो । प्रशिक्षक रोय डायस र कप्तान पारस खड्काको प्रयोगात्मक रणनीति र अदूरदर्शिताले गर्दा खेलाडीहरू क्रिजमा टिक्न सकेका थिएनन् । सर्वप्रथम नियमित ओपनिङ ब्याट्सम्यान महेश क्षेत्री छँदाछँदै मेहबुबलाई ओपनिङ गराउनु ठूलो गल्ती भएको थियो । मेहबुब आउट हुनासाथ महेशलाई ल्याउनुपर्नेमा कप्तान पारश आफैं ब्याटिङ गर्न आउनु अकल्पनीय थियो । तर भयो यस्तै, पारस यहाँ नराम्रोसँग चुकेकै हुन् । त्यसपछि पनि ब्याटिङ क्रमलाई सही दिशा दिनुको साटो प्रशिक्षक डायसले अनिल मण्डललाई मैदानमा पठाएर जधन्य गल्ती गरेका थिए । महेश क्षेत्री र शक्ति गौचनजस्ता प्रतिभाशाली खेलाडी हुँदाहँुदै डायसले किन अनिल मण्डललाई मिडिल अडरको जिम्मेवारी सुम्पिए त्यो अहिलेसम्म कसैले बुझ्न सकेको छैन । अझ शक्तिलाई पठाउनुपर्ने ठाउँमा ज्ञानेन्द्र मल्ललाई पठाएपछि त उनीहरूको रणनीति पूर्णमा असफल भएको थियो । यसरी ब्याटिङ क्रममा आएको असमान परिवर्तन नेपालको पराजयको प्रमुख कारण बनेको थियो ।
कमजोर टिमसँग खेल्दा एक, दुईपल्ट रिस्क लिनु र प्रयोग गर्नु राम्रो कुरा भए पनि पूरै टिममा फेरबदल गर्नु कदापि मिल्दैन । सामान्य लक्ष्य छ भन्दैमा टिमको स्वरूपलाई भत्काउने अधिकार प्रशिक्षक र कप्तानलाई हुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा जित भएकोले विजय नहुन्जेल कुनै रिस्क लिनु मूर्खता मात्र बन्छ भन्ने कुरा तान्जेनियाकोसँगको खेलले देखाइदिएको छ । जुनसुकै टिम बाहिर खेल्न जाँदा त्यसको सम्पूर्ण जिम्मेवारी प्रशिक्षक र कप्तानको हुन्छ । कुन टिमसँग कसरी खेल्ने र कुन खेलाडीलाई खेलाउने भन्ने कुरामा उनीहरूकै निर्णयलाई सर्वोपरी मानिन्छ । तर्सथ अहिले भएको सम्पूर्ण गल्तीको जिम्मेवारी डायस र पारसले लिनुपर्छ । उनीहरूकै सल्लाह र सहमतिमा तान्जेनियाविरुद्धको खेलमा खेलाडीहरू मैदानमा उत्रिएका थिए । प्रशिक्षक र कप्तानको यो निर्णयको बारेमा अध्यक्ष पाण्डेले यो ग्याम्बल थियो, जितेको भए दुवै हिरो हुन्थे, हारेको हुनाले यस्तो आलोचना भएको हो । पाण्डेले क्रिकेट अनिश्चितताको खेल भएकोले कहिलेकाहीँ रिस्क लिँदा नकारात्मक परिणामलाई पनि आत्मसात् गर्नुपर्ने बताए ।
डिभिजन चारको प्रदर्शनपश्चात् नेपालको क्रिकेट अधोगतितर्फ लागेको चर्चा चलेको प्रसङ्गमा अध्यक्ष पाण्डेले यसलाई ठाडै अस्वीकार गर्नुभएको छ । पाण्डेले वर्तमान अवस्थामा सिनियर टिमको प्रदर्शनका कारणले त्यस्तो महसुस भएको हो, वास्तविकता भने त्यस्तो होइन भने । उनले अहिले पनि नेपाली क्रिकेट माथि उक्लँदै गएको स्पष्ट पार्दै डिभिजन चारको प्रदर्शनपश्चात् पनि नेपाल दुई स्थान माथि उक्लिएर २७औं स्थानमा पुगेको बताए । नेपाल डिभिजन चारमै रहेपछि विश्वकप खेल्ने आशामा तुषारापात भएको छ नि भन्दा पाण्डेले अब निकै जटिल परिस्थितिको सिर्जना भएको स्वीकार गरेका थिए । अब नेपालले एसीसी ट्वान्टी-ट्वान्टी कप र एसीसी ट्रफी मात्र खेल्न बाँकी रहेको अवस्थामा विश्वकपका लागि छनोट हुन निकै गाह्रो हुने बताए । उनले नेपालमा क्रिकेट खेल्ने वातावरण नै नभएको खुलासा गर्दै सरकारले यसको विकासका लागि गम्भीर भएर सोच्नुपर्ने बताए । त्रिविको एउटा रंगशालाले मात्र उत्कृष्ट र अन्तर्राष्ट्रिय स्तरको खेलाडी जन्माउन नसक्ने भन्दै यसका लागि व्यापक रूपमा भौतिक पूर्वाधारको विकास हुनुपर्ने कुरामा जोड दिएका थिए ।
वर्तमान अवस्थामा क्रिकेटमा निकै प्रतिस्पर्धा देखिएको छ । अरेबियन राष्ट्रहरूले क्रिकेटको विकासका लागि लाखौं डलर लगानी गरिरहेका छन् । उनीहरूले खेलाडीहरूलाई दिएको सुविधा र निर्माण गरेको भौतिक पूर्वाधारका अघि नेपाल निकै पछि परिसकेको छ । यस्तो अवस्थामा खेलाडीहरूले खेलेर मात्रै जित्न सक्तैनन् । यसका लागि सरकारले क्रिकेटलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न आवश्यक भइसकेको छ । बिनाभौतिक पूर्वाधार क्रिकेट खेलको विकास असम्भव भएकोले सर्वप्रथम त्यसतर्फ जोड दिनु आवश्यक भइसकेको छ । यही कुरालाई आत्मसात् गर्दै हालै क्यानले नयाँ योजना सार्वजनिक गरेको छ । क्यानले बढीभन्दा बढी खेलाडीलाई क्रिकेटमा सहभागी गराउन क्षेत्र विकासको धारणा अघि सारेको छ । जसले क्रिकेटलाई नयाँ मार्गमा डोर्‍याउन सफल हुने भए पनि त्यसलाई सरकारले गम्भीरताका साथ लिएन भने त्यो नेपाली क्रिकेटका लागि दुर्भाग्य हुनेछ ।

टाइगरको यौनलीला दस करोड डलर हर्जाना
परस्त्रीगमनका कारण विवादमा परेका विश्व नम्बर एक गल्फ खेलाडी टाइगर उडले आखिर पत्नी गुमाउनुपरेको छ । करिब एक वर्षअगाडि उडको यौनलीला सार्वजनिक भएपछि पति-पत्नीबीच दूरी बढेको थियो । पत्नी एलिन नोर्डेग्रेन साथमा रहँदा पनि उडले तीन दर्जनभन्दा बढी मोडल र नायिकाहरूसँग यौनसम्पर्क राखेका थिए । आफ्नो कर्ुकर्म सार्वजनिक भएपछि उडले पत्नी एलिनसँग माफी माग्र्दै सम्बन्धविच्छेद नगर्न अनुरोध गरेका थिए । लामो समयसम्म उडले एलिनलाई सम्झाउन नसकेपछि गत साता उनीहरूको सम्बन्धविच्छेद भएको छ । उनीहरूको सम्बन्धविच्छेद फ्लोरिडाको अदालतमा भएको थियो । उक्त कुराको जानकारी उडको वेबसाइडमा दिइएको छ । सम्बन्धविच्छेदपछि उडले आफ्नो वैवाहिक जीवन समाप्त भएको घोषणा गरेका थिए । यो घटनापछि आफू निकै दुःखी भए पनि दुवैले एक-अर्कालाई उज्ज्वल भविष्यका लागि शुभकामना दिएको बताएका छन् । विश्वका सबैभन्दा धनी खेलाडीका रूपमा रहेका उडले सम्बन्धविच्छेदपछि पत्नी एलिनलाई कति सम्पत्ति दिए अहिले त्यसको कुनै खुलासा नगरिए पनि अमेरिकी सञ्चारमाध्यमहरूले एलिनले दस करोड डलर पाउने उल्लेख गरेका छन् । ६ वर्षअघि वैवाहिक जीवनमा बाँधिएका उडदम्पतीका तीन वर्षीया छोरी साम र डेढ वर्षीय छोरा चार्ली छन् ।

हमाम पछि हट्दा ब्लाटरलाई चिट्टा
बाह्र वर्ष फिफाको अध्यक्ष पदमा आसिन रहँदा पनि आफ्नो उद्देश्य पूरा नभएको कुरा सेप ब्लाटरले बताएपछि उक्त पदका प्रमुख दाबेदार मोहम्मद बिन हमामले आफू फिफाको अध्यक्षमा नलड्ने निर्णय गरेका हुन् । ब्लाटरले आफू आउँदो निर्वाचनमा पनि उम्मेदवारी दिने भनेपछि हमाम पछि हटेका हुन् । आउँदो वर्ष हुने फिफाको निर्वाचनमा हमामलाई ब्लाटरको उत्तराधिकारीको रूपमा हेरिए पनि हालै सिंगापुरमा उनले यस्तो प्रतिक्रिया दिएका थिए । एसियाली फुटबल महासङ्घका अध्यक्ष हमामले आफूले उम्मेदवारी नदिने प्रस्ट पार्दै आउँदो निर्वाचनमा ब्लाटरलाई सघाउने बताए । सोही अवसरमा हमामले आफू एएफसीको अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेवारी दिने र यसका लागि सबै राष्ट्रहरूले सहयोग गर्नेसमेत बताए । केही समय पहिले एक अन्तर्वार्तामा हमामले आफूले अघिल्लो फिफा अध्यक्ष एसियाबाट हेर्न चाहेको कुरा बोलेपछि निकै सनसनी फैलिएको थियो । फिफाको निर्वाचनमा एएफसीको भोट निकै महत्त्वपूर्ण र निर्णायक मानिन्छ । एसियाको सर्वाधिक ४६ भोटका मालिक हमामको यो निर्णयले ब्लाटरलाई चिट्टा परेको छ । ब्लाटरले आउँदो चार वर्ष पुनः फिफामा राज गर्न पाउने भएका छन् ।

युथ ओलम्पिकमा राजकुमारी
खेलकुदमा शाही परिवारको उपस्थितिलाई दुर्लभ मानिन्छ । तर, हालै सिंगापुरमा भइरहेको युथ ओलम्पिकमा मोनाकोकी राजकुमारी डुक्रुएटले सहभागिता जनाएर खेलकुद सबैका लागि हुन्छ भन्ने कुराको सन्देश दिन सफल भएकी छिन् । हलिउड अभिनेत्री ग्रेस केली र राजकुमार रेनिएर तेस्रोकी कान्छी छोरी १६ वर्षीया डुक्रुएटले युथ ओलम्पिकमा पौडी खेलको तीन सय मिटर स्प्रिङबोर्ड स्पर्धामा गरेकी थिइन् ।
डुक्रुएटले चार वर्ष अघिदेखि डाइभिङको प्रशिक्षण लिइरहेकी छिन् । सन् २०१२ मा इङ्ग्ल्यान्डमा हुने ओलम्पिकलाई टारगेट बनाएकी डुक्रुएटले यो प्रतियोगितामा राम्रो नतिजा ल्याउने बताएकी छिन् । आफ्नो परिवार नै खेलकुदमा समर्पित भएकोले आफू खेलतर्फ आकरि्षत भएको बताउने डुक्रुएटले ओलम्पिकमा बराजु र काकाले झैं स्वर्ण पदक जित्ने बताएकी छिन् । उनका बराजु जोन कोलीले सन् १९२० को ओलम्पिकमा रोबिङ स्पर्धामा अमेरिका लागि तीन स्वर्ण पदक जितेका थिए भने काका प्रिन्सले पाँचवटा शरदकालीन ओलम्पिकमा सहभागिता जनाएका थिए ।