नेपाल वायुसेवाले सुरु ग¥यो अनलाइन टिकट बुकिङ

नेपाल वायुसेवाले सुरु ग¥यो अनलाइन टिकट बुकिङ


नेपाल वायुसेवा निगमले आइतबारदेखि अनलाइन टिकट बुकिङ शुरु गरेको छ । अनलाईन टिकट शुरु भएसँगै विश्वका सबै ठाउँबाट नेपाल वायु सेवा निगमको टिकट बुकिङ गर्न सकिने निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

शुरुमा आंशिक रुपमा अनलाइन टिकट बिक्री गर्न लागिएको उनले जानकारी दिनुभएको छ । टिकट बुकिङका लागि निगमको वेव साइट खोल्नुपर्ने छ । संसारको जुनसुकै कुनाबाट पनि क्रेडिट कार्डबाट भुक्तानी गर्न मिल्ने र अनलाईनबाटै टिकट बुकिङ गर्न मिल्ने भएकोले टिकट खरिद विक्रीमा पारदर्शिता हुने उनको विश्वास छ । केही दिनका लागि ग्लोबल बैंकमा खाता भएका नेपालीले मात्र यो सुबिधा उपयोग गर्न सक्नेछन् ।

त्यस्तै विदेशीले आफ्नो कार्डमार्फत टिकटको पैसा तिर्न सक्नेछन् । १० दिनपछी अन्य बैंकमा खाता भएका नेपालीहरुका लागि पनि यो सुविधा उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अनलाइन बुकिङ शुरु गरेसँगै निगमको विमानको टिकट लिन कार्यलयसम्म पुग्नुपर्ने बाध्यता हट्ने छ ।