गणितज्ञ मरियमको निधन

गणितज्ञ मरियमको निधन


गणित क्षेत्रमा संसारकै प्रतिष्ठित सम्मान फिल्ड्स मेडल हासिल गर्न सफल महिला मरियम मिर्जाखानीको निधन भएको छ । चालिस वर्षीया मरियमको अमेरिकामा निधन भएको हो । इरानी मूलकी मरियम स्तन क्यान्सरसँग जुधिरहेकी थिइन् ।

फिल्ड्स मेडललाई गणितको नोवेल पुरस्कार पनि भन्ने गरिन्छ । प्रत्येक चार वर्षमा प्रदान गरिने यो सम्मानका लागि दुईदेखि चालिस वर्ष उमेरको सीमा तोकिएको छ । प्रोफेसर मरियमलाई सन् २०१४ मा ‘कम्प्लेक्स जियोमेट्री एण्ड डायनामिकल सिस्टम्स’को लागि फिल्ड्स मेडल प्रदान गरिएको थियो ।

सन् १९७७ मा जन्मिएकी मरियम क्रान्तिपछिको इरानको माहोलमा हुर्के–बढेकी महिला थिइन् । उनले किशोरावस्थामै इन्टरनेशनल म्याथम्याटिक ओलम्पियाडमा दुई स्वर्णपदक आफ्नो कब्जामा पारेकी थिइन् ।

सन् २००४ मा हार्वर्ड युनिभर्सिटीबाट पीएचडी गरेकी प्रोफेसर मरियमको निधनमा उनका लाखौँ प्रशंसकहरूले शोक प्रकट गरेका छन् ।