वैदेशिक रोजगार संघको नेतृत्व रोहणको काँधमा

वैदेशिक रोजगार संघको नेतृत्व रोहणको काँधमा


नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् । उनी सङ्घका निवर्तमान महासचिव हुन् । गुरुङले ४ सय ३४ मतका साथ अध्यक्षका प्रत्यासी एवम् निवर्तमान अध्यक्ष विमल ढकाललाई उछिनेका हुन् । ढकाललाई ३ सय ४१ मत मात्र प्राप्त भएको छ ।

संघको प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा किशोरबहादुर जिसी र कोषध्यक्षमा राधिका कटवाल विजयी भएका छन् भने सदस्यहरुमा बबनकुमार सिंह, सञ्जु गुरुङ, परमेश्वर अधिकारी, तेजमाया लिम्बू, सुरेश गौतम, सविना श्रेष्ठ, कुन्सा दोर्जे लिम्बू, प्रितमबहादुर मगर, प्रेमबहादुर विश्वकर्मा, सुरज केसी चयन भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा (एमाले)निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले निर्वाचनमा भाग लिएका थिए ।

संघको २५औं वार्षिक सधारणसभाअन्तर्गत भएको निर्वाचनमा गुरुङ समुहले तीन बाहेक सबै पदमा विजयी हासिल गरेको छ । ढकाल समुहबाट भने द्वितिय उपाध्यक्ष भुवनसिंह गुरुङ र कोषध्यक्षमा राधिका कटवाल तथा सदस्यमा सुरज केसी विजयी भएका छन् ।