सोनमलाई बिहेको हतार

सोनमलाई बिहेको हतार


भारतको नयाँदिल्लीका उद्योगपति आनन्द अहुजासँग लामो समयदेखि प्रेममा रहेकी बलिउड नायिका सोनम कपुर वैवाहिक जीवनमा बाँधिने भएकी छिन् ।
त्यसो त सोनम र आनन्दले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म मुख खोलेका छैनन् । तर, दुवैले एकअर्कासँगको सम्बन्ध नकारेका पनि छैनन् । लन्डन र भारतका विभिन्न ठाउँमा सँगै देखिएका उनीहरूको सम्बन्ध कसैबाट लुकेको छैन । सोनम र आनन्दको पहिलो भेट अभिनेता अक्षय कुमारले हलिउड स्टार विल स्मिथको स्वागतमा आयोजना गरेको पार्टीमा भएको थियो । सोनमले अहिले विवाह गर्दा उनको करियर बिग्रने भन्दै शुभचिन्तकले सम्झाउने गरे पनि यस्ता सुझावप्रति सोनामले चासो दिएकी छैनन् ।

आनन्द लुगा व्यवसायी हुन् । आनन्दले केही समय अघि ‘भाने’ नाममा लुगाको ब्रान्ड नै सञ्चालन गरेका थिए, जुन ब्रान्डका लुगामा आजभोलि सोनम चम्किने गर्छिन् ।