वर्षदिनमै साढे पाँच हजार भन्दा बढी सैनिक बर्खास्त

वर्षदिनमै साढे पाँच हजार भन्दा बढी सैनिक बर्खास्त


इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफईटीओ)समर्थक भएको आशङ्कामा टर्कीमा सात हजार ६ सयभन्दा बढी सैनिक बर्खास्तगीमा परेका छन् । गत वर्ष भएको असफल सैनिक ‘कू’पछि हालसम्ममा उक्त संख्यामा सैनिकहरूलाई बर्खास्त गरिएको टर्कीको समाचार समिति अनादुलुले जानकारी दिएको छ । टर्कीका रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाइएअनुसार जनरल, नौसेना र सैनिकको मान्यता प्राप्त अधिकृतलगायत १५० सहित सात हजार ६५५ सैनिक पक्राउ परेका छन ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । टर्कीमा भएको असफल सैनिक ‘कू’ पछि गुलेनको समर्थक भएको आशङ्कामा टर्की सरकारले दशौँ हजार व्यक्ति पक्राउ गरेको छ भने एक लाखभन्दा बढी सरकारी अधिकारी बर्खास्त भएका छन् ।

सन् २०१६ को जुलाई १५ मा भएको असफल सैनिक ‘कू’पछि पनि टर्की सरकारले सैनिक जनरल होइन विश्वविद्यालयका प्राध्यापक, उपकुलपतिहरू, सरकारी कर्मचारी, लेखक, वकिल, राष्ट्रिय फुटबल खेलाडीदेखि टर्कीका राष्ट्रिय राजनीतिक दलका नेताहरूसमेत पक्राउ र जागीरबाट बर्खास्त गर्ने काम गरेको समाचार आएका थिए । टर्कीका राष्ट्रपति रेसेप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उनी बिदामा रहेको बेला कूको प्रयास भएको थियो, जुन प्रयास असफल भयो । ‘कू’ को प्रयास घण्टौँ लामो लडाइँपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल पारेका थिए ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफईटीओ)को संलग्नता रहेका आरोप लगाइएको थियो । अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो ।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनहरूले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए । गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका थिए । यस असफल सैनिक ‘कू’ प्रयासमा करिब २५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई हजार व्यक्ति घाइते भएका थिए ।