नेपाल भित्रियो ‘क्याफे कफी डे’

नेपाल भित्रियो ‘क्याफे कफी डे’


भारतको चर्चित ब्रान्ड ‘क्याफे कफी डे’ले नेपालमा शाखा विस्तार गरेको छ । नेपालमै पहिलोपटक खोलिएको शाखाको उद्घाटन मिस नेपाल नीतिका चण्दकका साथ नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले गर्नुभएको हो । क्याफे कफी डे शाखा ओपनिङको लागि मंगलबार जाउलाखेलमा आयोजित विशेष कार्यक्रममा मन्तव्य दिने क्रममा राजदूत पुरीले नेपालमा शाखा बिस्तार भएकोमा खुशी व्यक्त गर्दै यसले कफी–पारखीहरूको रुचिमा टेवा पुग्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । ‘क्याफे कफी डे’लाई नेपालमा स्ताभ्य हस्पिटालिटीले भित्र्याएको हो । भविष्यमा नेपालका मुख्य शहरहरूमा शाखा विस्तार गरिने कम्पनीले जनाएको छ ।